वेगनास तालमा डुबेर मृत्यु

साउन ६, २०७५

पोखरा- वेगनास तालमा माछा मार्ने क्रममा डुबेर आज एकजनाको मृत्यु भएको छ । 

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी गण्डकी अस्पताल पु¥याइएका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । 

साउन ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस