ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर तल झारियो

साउन ६, २०७५

काठमाडौ-गत असार १५ गते शनिवार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आज अस्पतालको छतबाट तल झारिएको छ ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिमले दुई दिन लगाएर तल झारेको हो ।


ADVERTISEMENT

अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको थियो ।
 

साउन ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस