×

NMB BANK
NIC ASIA

अब नेकपाका कार्यकर्ताहरुले नै ओलीको राजीनामा माग्नेछन् – प्रदीप पौडेल

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालगञ्ज -नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुले नै अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् ।

Muktinath Bank

नेपालगञ्जमा सोमवार विहान पत्रकारहसँगको भेटमा पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु नै रुष्ट भएकाले अब ओलीको राजीनामा निर्विकल्प रहेको बताएका हुन् । सरकारका पछिल्ला गतिविधिका कारण विश्व समुदाय माझ नै नेपालको छवि धमिलो भएको पौडेलको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डाक्टर गोविन्द केसीलाई राजधानीमा ल्याउन सरकारले जुम्लामा देखाएको ताडण्व नृत्यले जंगली युगको झल्को दिएको पौडेलको आरोप थियो । “माथेमा आयोगको प्रतिवेदनलाई तोडमोड गरेर वर्तमान सरकार केवल माफिया पोस्ने दाउमा लागेको छ” पौडेलले बताए।


Advertisment
Nabil box
Kumari

तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा बर्बर दमन गरी सरकारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त हक छिनेको पौडेलले बताए।

Vianet communication
Laxmi Bank

नेपाली नारीको अस्मितामा ठाडो प्रहार हुने गरी कानून मन्त्री शेरबहादुर तामाङबाट आएको निर्लज्ज अभिव्यक्तिको कडा शब्दमा भत्सर्ना गर्दै पौडेलले भने, “मन्त्री तामाङले माफी माग्नुको अब कुनै तूक छैन, उहाँले तुरुन्त पदबाटै राजीनामा दिनुपर्छ” विश्वविद्यालयका प्राध्यापकलाई छापामार शैलीमा विमानस्थलबाटै पक्राउ गर्ने, चिकित्सकलाई अस्पतालबाटै अपहरण गर्ने, प्रश्न सोधेकै भरमा पत्रकारको जागिर खोस्ने, निषेधित क्षेत्र तोक्ने जस्ता काम गरेर वर्तमान सरकारले अधिनायकवादी चरित्र उदाङगो पारेको पौडेलले बताए ।

सस्तो लोकप्रियताका लागि यातायात तथा निर्माण क्षेत्रको सिण्डिकेट तोडेको बताउने वर्तमान सरकारले अन्तत सिण्डिकेट प्रणालीलाई नै बलियो बनाएको पौडेलको भनाइ थियो । समृद्धिको नारा दिएर नथाक्ने वर्तमान सरकारले अनावश्यक तरिकाले करको दायरा बढाई सबै क्षेत्रमा महंगी बढाएर आम जनताको ढाड सेक्ने काम गरेको पौडेलले बताए ।

फोहोरमैला व्यवस्थापन तथा जीर्ण सडक मर्मत गर्न नसक्ने सरकारले वर्षमा ४० लाख पर्यटक ल्याउँछु भन्नु हावादारी गफ सिवाय केही नभएको उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x