×

NMB BANK
NIC ASIA

श्रीलंकालाई फेरि ऋण दिँदै चीन, भारत तनावमा

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनले श्रीलंकामा आफ्नो प्रभाव थप बढाउनका लागि २९.५ करोड डलर ऋण दिने घोषणा गरेको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफ्नो निर्वाचन क्षेत्र पोलरुवामा चिनियाँ लगानीमा बन्ने मिर्गौला अस्पतालको आधारशिला राख्ने समारोहमा यसको घोषणा गरे । श्रीलंका पनि चीनको बेल्ट एन्ड रोड पहलमा जोडिएको छ । 

समारोहमा सिरिसेनाले भने, ‘चिनियाँ राजदूतले बताएअनुसार यो चिनियाँ राष्ट्रपति शी चिनफिङका तर्फबाट उपहार हो ।’

सिरिसेनाले भने, ‘उनले मलाई २९.५ करोड डलर उपहारमा दिए र त्यसको प्रयोग कुनै पनि परियोजनाका लागि खर्च गर्न सक्छु । म चिनियाँ राजदूतलाई देशका सबै चुनावी क्षेत्रमा घर बनाउने एउटा परियोजना प्रस्ताव सुम्पिँदैछु ।’

आफ्नो कार्यकालको शुरूआतमा सिरिसेनाले राजपक्षेको कार्यकालमा शुरू भएको चिनियाँ लगानीमा बनेका कैयौं भौतिक निर्माण परियोजनालाई रद्द गरिदिएका थिए । यी परियोजनामा भ्रष्टाचार र सरकारी प्रक्रियालाई मिचिएको आरोप थियो
। तर एक वर्षपछि नै सिरिसेना सरकारले केही परिवर्तनका साथ चिनियाँ परियोजना फेरि शुरू गर्न स्वीकृति दियो । 

श्रीलंकाले २६ वर्षसम्म गृहयुद्धको सामना गर्नुपरेको थियो । सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि श्रीलंकाको पुनर्निर्माणका लागि सबभन्दा अगाडि चीन आएको थियो । 

चीनले श्रीलंकामा लगातार प्रभाव जमाउँदै जाँदा भारत तनावमा परेको छ । चीनले श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा नियन्त्रण लिएकाले भारतको चिन्ता बढेको हो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x