ट्रम्पले दिए इरानी राष्ट्रपतिलाई धम्की

साउन ७, २०७५

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार इरानका राष्ट्रपति हसन रुहानीलाई चेतावनी दिएका छन् । उनले एक ट्वीटमा लेखे, ‘अबदेखि अमेरिकालाई धम्की दिने होइन । दियौ भने त्यसको गम्भीर परिणाम भोग्नुपर्ला जसको उदाहरण इतिहासमा मुश्किलैले पाइन्छ ।’

आफ्नो कुरामा जोड दिन उनले ट्वीट क्यापिटल लेटरमा लेखे । 

यसअघि रुहानीले ट्रम्पलाई चेतावनी दिँदै सुतेको सिंहलाई नजगाउन भनेका थिए । 

रुहानीले आइतवार इरानी राजनीतिकर्मीहरू भेला भएको एक समारोहमा भने, ‘इरानका दुश्मनहरूले राम्ररी बुझून्, हामीहरूसँगको लडाईं सबै लडाईंभन्दा ठूलो हुनेछ । इरानसँगको शान्ति सबै शान्तिभन्दा ठूलो हो ।’

इरानको राष्ट्रपति कार्यालयले ट्रम्पलाई चेतावनी दिँदै भन्यो, ‘सिंहको पुच्छर ननिमोठ, पछुताउनुपर्ला ।’

 

एजेन्सी

साउन ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार