एनएमबी बैंकलाई ठूलो सफलता : बन्यो अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक

साउन ७, २०७५

काठमाडौं – एनएमबी बैक नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक बनेको छ । वित्तीय क्षेत्रमा यस्तो स्वीकृतिलाई ठूलो सफलताको रुपमा लिइन्छ ।

बैकको क्षमता तथा योजनाको विश्लेषण गरेपश्चात् नेपाल राष्ट्र बैकले ऋण ल्याउने स्वीकृति प्रदान गरेको हो । गत अप्रिल २०१८ मा इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आईएफसी) को प्रतिनिधि मण्डलले एनएमबी बैकको भ्रमण गरेर ऋणको कार्यान्वयन योजना तथा लगानी क्षेत्रको गहन अध्ययन गरेको थियो ।

वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबी बैंकले नेपाल सरकारको विकास नीति तथा कार्यक्रममा पर्ने क्षेत्रमा लगानी गरेर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले काम गरिरहेको छ । बैंकले कृषि, उर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, विद्युत् प्रसारण लाइन, केवलकार, सुरुङ्गमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला व्यवसाय, लघुवित्त लगायत विभिन्न आधारभूत संरचनाका क्षेत्रमा वित्तीय लगानी गर्ने गरेको छ ।

बैकले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट समेत विदेशी ऋण ल्याउन पहल गरिरहेको बैंकद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साउन ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस