×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : भारतले नेपाली भूमि मिचेर बनाइरहेको भन्सार कार्यालयको निर्माण कार्य रोकियो

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–   नेपाली भूमि मिचेर भारतीय पक्षबाट सीमा क्षेत्रमा निर्माण भइरहेको भन्सार कार्यालयको निर्माण कार्य रोकिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय पक्षले नेपाली भूमि मिचेर भन्सार कार्यालय निर्माण गर्न लागेको विषयमा आइतवार लोकान्तरमा समाचार प्रकाशन भएको थियो । लोकान्तरसहित विभिन्न सञ्चारमाध्यममा भारतीय सीमा क्षेत्रमा भारतीय ज्यादति बढेको भन्दै समाचार प्रकाशन भएपछि भारतीय पक्षले सोमवारदेखि भन्सार कार्यालयको निर्माण कार्य राेकेकाे हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय पक्षले धनुषाको नगराइन नगरपालिका–२ अन्तर्गत पर्ने सीमा क्षेत्रमा नेपाली भूमि मिचेर भन्सार कार्यालय निर्माण कार्य अगाडि बढाएको थियो । 


Advertisment
Nabil box
Kumari

भारत विहारको पिपरौन कस्टम (भन्सार)का प्रमुख नुर मोहम्मद अन्सारीको नेतृत्वमा भारतीय पक्षले नेपाल भूमि मिचेर भन्सार चेक पोस्ट निर्माण कार्य एकतर्फी रुपमा अगाडि बढाएको थियो । 

Vianet communication
Laxmi Bank

नेपाली सुरक्षाकर्मीसहितको टोलीले निर्माण कार्य रोक्नका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत पनि भारतीय पक्षले निर्माण कार्य नरोक्ने धम्की दिँदै आइरहेको थियो । 

नेपाल सरकारले कूटनीतिक पहल गरेर सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून मिचेर बनाउन लागिएको भन्सार कार्यालयको निर्माण कार्य रोकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए । 

दुवै देशको नापी विभागको टोलीले सामूहिक रुपमा सीमा सर्वेक्षण गरेर सीमा क्षेत्रको यकीन नाप–जाँच नहुँदासम्म उक्त क्षेत्रमा भारतीय पक्षले कुनै पनि संरचना निर्माण नगर्ने प्रजिअ पराजुलीको भनाइ छ । अबको केही दिनमै दुवै देशको नापी विभागको टोलीले सीमा क्षेत्रको संयुक्त रुपमा सर्वेक्षण गर्ने पराजुलीले बताए । 

भारतीय पक्षले गत जेठ १५ गतेदेखि दशगजा र नेपाली भूमि समेत मिचेर भन्सार कार्यालय निर्माणको काम शुरु गरेको थियो । सशस्त्र प्रहरी बल बोर्डर सेक्युरिटी आउटपोस्टबाट खटिएको नेपाली सुरक्षाकर्मीको टोलीले केही समय काम राक्न लगाएपनि भारतीय पक्षले सीमा सुरक्षा बल (एसएसबी) समेत परिचालन गरेर भन्सार कार्यालयको निर्माण अगाडि बढाएको थियो । 

सशस्त्र प्रहरी बल धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डेले ५ पटक आफैंले स्थलगत निरीक्षण गरेर काम रोक्न आग्रह गर्दा पनि भारतीय पक्षले अटेरी गरेको अनुभव सुनाए । 

भारतीय पक्षले नेपाली भूमि मिचेर भन्सार कार्यालय बनाउन थालेपनि उक्त क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो । स्थानीयहरुले दुवै देशका सुरक्षाकर्मीबीच भिडन्त हुन सक्ने भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका थिए ।  
 

नेपाली भूमि मिचेर भन्सार बनाउँदै भारत, सीमा क्षेत्रमा भिडन्तको खतरा ! (भिडियोसहित)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x