×

NMB BANK
NIC ASIA

महादेव पार्वतीको किस्सा सुनाउँदै प्रचण्डले कांग्रेसलाई भने–‘अनशनकारीको फेरो समातेर वैतरणी तर्न खोज्ने ?’

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोविन्द केसीलाई प्रयोग गरेर सरकारविरुद्ध प्रतिक्रान्तिको खतरा बढेको बताएका छन् । उनले डा.केसीप्रति आफूहरुको कुनै घृणा नभएको र वार्ता मार्फत समस्या समाधान गर्न सकिने बताए ।

Muktinath Bank

कम्युनिष्ट पार्टीका संस्थापक पृष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवसको अवसरमा नेकपाले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले डा. केसीको नाममा राजनीति शुरु भएको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘डा केसी तपाइँ कसैको घेरामा पर्नु भएको छ कि हेर्नुहोला ?’ प्रचण्डले भने, ‘तपाइप्रति हाम्रो कुनै घृणा छैन, लेनदेन गरेर समस्या समाधान गर्न सकिन्छ । तर सरकारी टोलीसँग वार्ता गर्दैनौं भन्ने यो हो लोकतन्त्र ?’ 


Advertisment
Nabil box
Kumari

प्रचण्डले अनसनकारीको फेरो समातेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैतरणी तर्न खोजेको आरोप लगाए । ‘हामीले संसदको पहिलो दिनको बैठकमा भनेका थियौं, सत्ता पक्ष र प्रतिपक्ष एक भएर देशमा समृद्धिको अभियान शुरु गर्नु पर्छ । तर चार महिना कुर्ने धैर्यता देखिएको छैन, फेरि अराजकता, फेरि तोडफोड ?’ प्रचण्डले प्रश्न गरे । 

Vianet communication
Laxmi Bank

प्रचण्डले कांग्रेसको प्रबृत्तिप्रति लक्षित गर्दै भगवान शिव पार्वतीको किस्सा सुनाए । 

‘महादेव र पार्वती आकाश मार्गमा हिँडिरहेको बेलामा तल जमिनमा सुगुरका पाठाहरु फोहोरको नालीमा खेलिरहेका रहेछन् । सुगुरका पाठाहरु नालीमा खेलेको देखेर पार्वतीले फोहोरमा रहेको सुगुरका पाठालाई राम्रो ठाउँमा लैजान आग्रह गरिछन् । महादेवले उनीहरु त्यही रमाउँछन भनेछन् । (श्रीमतिले जिद्दी गरेपछि केही लाग्दैन ।) महालेव तल ओर्लेर सुगुरका पाठालाई भनेछन्– अव तिमीहरु स्वर्गमा जाने उतै खेल्ने रमाउने । सुगुरका पाठाले प्रश्न गरेछन्– माथि स्वर्गमा यस्तो छ कि छैन ? यस्तो प्रश्न सुनेपछि महादेव फर्केछन् । 

यो किस्सा सुनाएर प्रचण्डले सफा राजनीति गरौ भन्दा अराजकता फैलाउनेहरुले प्रतिक्रान्ति गर्न खोजेको आरोप लगाए । 

‘विचरा अनसन बसेको डाक्टरको फेरो समातेर वैतरणी तर्न खोज्दैछ कांग्रेस’ प्रचण्डले भने, ‘डा. केसी तपाइँ कसै कसैको घेरामा पर्नु भएको छ हेर्नुहोला । तपाइँप्रति हाम्रो कुनै घृणा छैन,गरेर समाधान गनै सकिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x