×

NMB BANK
NIC ASIA

डा. केसीलाई ओलीको प्रश्न– गर्न खोज्या के, मुड्की बटारेर सत्याग्रह हुन्छ ?

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी राजस्वबाट तलब लिने डाक्टरहरूले राजनीतिक स्वार्थका लागि बिरामीको उपचार गर्दिन भन्न नमिल्ने बताउनुभएको छ ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रिय सभागृहमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'राजनीतिक स्वार्थका लागि बिरामीको उपचार गर्न दिन्न भन्न पाइन्छ ?,' प्रधानमन्त्री ओलीले भन्नुभयो– 'यो गैरकानूनी हो । अमानवीय हो । डाक्टरले अस्पताल आएर बिरामीको उपचार गर्दिन भन्न पाइन्न ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले अनशन आफैंमा मानव अधिकारविरोधी कुरा भएको बताउनुभयो ।

Vianet communication
Laxmi Bank

'अनशन मानव अधिकारविरोधी कुरा हो । मानव अधिकारको परिभाषामा अनशन पर्दैन । आफैंलाई प्रताडन दिनु मानवअधिकार होइन,' ओलीले भन्नुभयो ।

साथै उहाँले डाक्टर केसीले सरकारसँग वार्ता गर्न नखोजेको पनि बताउनुभयो ।

'आफैं जानु'भा हो कि अरुले लग्या हो, जुम्ला गएर अनशन बस्नु'भो,' प्रधानमन्त्रीले भन्नुभयो– 'राम्रो स्वास्थ्य उपचारका लागि हामीले राजधानी ल्यायौं । वार्ता समिति बनेको छ, तर उहाँ वार्ता गर्दिन भन्नुहुन्छ ।'

प्रधानमन्त्री ओलीले स्वास्थ्य शिक्षामा सुधारका लागि तर्कपूर्ण बहसमा आउन डाक्टर केसीलाई चुनौती समेत दिनुभयो ।

'स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, आउनुस् तर्कपूर्ण कुरा गरौं,' प्रधामन्त्री ओलीले भन्नुभयो- 'तपाईं नै जिम्मा लिनुस् । आयोग बनाएर हामी तपाईंलाई नै जिम्मा लगाइदिन्छौं ।'

डाक्टर केसीले चिकित्सा क्षेत्रमा सुधारभन्दा पनि समस्या खडा गर्न खोजेको प्रधानमन्त्रीको आरोप छ ।

प्रधानमन्त्री ओलीले डा. केसीले सरकारलाई स्वास्थ्य चेकजाँच गर्नसमेत नदिएको बताउनुभयो ।

'ब्लड टेस्ट गरे के बिग्रिन्छ भनेर आत्तिनु'भा ? आफू-आफू त गरिराख्नुभाछ । अरु डाक्टरलाई छेउमै जान नदिने, ब्लड प्रेसर नाप्न पाइँदैन भन्ने, रगत जाँच्न पाइँदैन भन्ने, गर्न खोज्या के ?' प्रधानमन्त्रीको प्रश्न छ– 'कतिपयले सत्याग्रह भन्या सुन्छु, कस्तो सत्याग्रह हो यो, मुड्की बटारेर सत्याग्रह हुन्छ ?'

प्रधानमन्त्री ओलीले गैरकानूनी र अमानवीय त्यान्द्रो समातेर राजनीति नगर्न कांग्रेसलाई सुझाव दिनुभयो ।

'संसदमा विरोधको सूचना दर्ता गर्ने अनि बहसमा भाग लिन्न भन्ने ?' कांग्रेसलाई लक्षित गर्दै ओलीले भन्नुभयो- 'आउनुस्, बहस गरौं । हामी जनताको पक्षमा बहस गर्न र विधेयक संशोधन गर्न तयार छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x