×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री शंकर पोखरेलको आरोप : कांग्रेस र डा. केसी सरकारलाई असफल बनाउन लागे

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेपाली कांग्रेस र डा. गोविन्द केसीको आन्दोलन सरकारलाई असफल बनाउनमा केन्द्रित रहेको टिप्पणी गरेका छन् । 

Muktinath Bank

उनले डा. केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको दाबी गरे । अहिलेको सरकार बन्दा शुरूमा मौन रहेको कांग्रेस एमाले र माओवादीबीच पार्टीबीच एकता भएपछि अब ५ वर्ष कुनै हालतमा सरकारमा पुग्न सकिँदैन भन्ने भएपछि अत्तालिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्यूनिस्ट पार्टीका सस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा पार्टीको रुपन्देही क्षेत्र नम्बर २ ले सोमबार बिहान बुटवलमा आयोजना गरेको स्मृति सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘विगतमा कांग्रेसकै नीतिका कारण शिक्षा स्वास्थ्यमा निजी क्षेत्रको लगानी भएकाले अहिले त्यही ठीक हो भन्ने लागे कांग्रेसले हाम्रो नीति गलत थियो भनेर आत्मालोचना गर्नुपर्छ,’ मुख्यमन्त्री पोखरेलले भने ।


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘विगतमा शिक्षा स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने अहिले सडकमा आन्दोलन गर्ने यस्तो गर्न मिल्दैन, हाम्रा नीतिले यस्तो भयो भनेर आत्मालोचना गर्नुपर्छ ।’ डा. केसीको काठमाडौंमा अब मेडिकल खोल्नु हुँदैन भन्ने माग मनमोहन कलेजविरुद्ध भएको उल्लेख गर्दै उनले भने, ‘नेताहरूको नामलाई कस्तो ठाउँमा प्रयोग गर्ने हामीले छलफल गर्न सक्छौं, मनमोहन नआउँदासम्म नबोल्नेले अहिले सडकमा ताण्डप देखाइरहेका छन्, त्यो कत्ति पनि जायज छैन ।’

Vianet communication
Laxmi Bank

उद्देश्य गलत भएपनि जनमानसमा डा. केसीले उठाएका माग पवित्र छन् भन्ने जनमानसमा परिसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यी २ क्षेत्रको लगानीलाई नाफारहित बनाउनुपर्ने बताए ।

नेकपाका नेता समेत रहेका पोखरेलले स्वगीर्य पुष्पलालले देखाएको बाटोमा अहिलेको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) अघि बढिरहेको बताउँदै सरकार बनाउने ठूलो होइन, समाज बदल्ने महत्वपूर्ण हो भन्ने पुष्पलालको कुरालाई अहिलेको सरकारले विशेष प्राथमिकता दिएको बताए ।

उनले भने, ‘सरकार बनाउने होइन समाज बदल्ने ठूलो कुरा हो पुष्पलालले भन्नुहुन्थ्यो, अहिलेको सरकार त्यही समाज बदल्ने अभियानमा छ ।’ मुख्यमन्त्री पोखरेलले सरकारको अभियानलाई सार्थक बनाउन र ३ वर्षभित्र जनताले अनुभूति गर्ने गरी परिवर्तन गर्न पार्टी संगठन र कार्यकर्ता विकास र समृद्धिको अभियानमा जुट्नुपर्ने बताए । उनले सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछी सरकारमाथि अहिले चौतर्फी प्रहार भइरहेको बताए ।

मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्रको सिण्डीकेट, काम नगर्ने ठेकेदार माथिको कारवाही, वैदेशिक रोजगारीमा पठाउने एकलौटीको अन्त्य, गैरसरकारी संघसंस्था र दाताबाट आउने रकमको व्यवस्थापन लगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको बताए ।

उनले संवैधानिक शक्ति भएकाले होइन, विगतदेखि खाइपाई आएकाले अदृष्य पैसाको बलमा अहिले सरकारमाथि प्रहार गरिरहेको बताए  । नेकपाको प्रदेश कार्यालय सुख्खानगरमा तेजेन्द्र केसीको अध्यक्षता र बाबुराम पन्थीको सञ्चालनमा स्मृतिसभा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x