×

NMB BANK
NIC ASIA

बुद्ध जन्मस्थलमै ढिलासुस्ती : लुम्बिनी जोड्ने अधिकांश सडक अपूरा

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर रूपन्देहीका विभिन्न क्षेत्रको विकास गर्न धेरै सडक निर्माणाधीन छन् ।

Muktinath Bank

जिल्लाका सबै स्थानीय तहलाई लुम्बिनीसँग जोड्न सडक निर्माणको योजना बनेका छन् । तर, लुुम्बिनीलाई परिक्रममा गर्ने गरी बन्न थालेका कुनै पनि सडक निर्माण पूरा नहुँदा अलपत्र अवस्थामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बौद्ध धर्मालम्बीको प्रमुख गन्तव्य शान्तिभूमि लुम्बिनी आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई भगवान गौतमबुद्ध र उनीसँग जोडिएको क्षेत्र कपिलवस्तुको तिलौराकोट, देवदह, रामग्राम लैजाने उद्देश्यले निर्माण थालिएका लुम्बिनी परिक्रमा सडक ४ वर्षमा पनि अधुरा छन् । पश्चिम नवलपरासीको बाढीपीडित चोकबाट त्रिवेणी र रूपन्देहीको देवदहबाट लुम्बिनी पर्सा जोड्ने सडक ४ वर्षको अवधिमा जम्मा ८० प्रतिशत मात्र काम भएको छ ।


Advertisment
Nabil box
Kumari

सडक निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने पर्यटकलाई सिधै देवदह लैजान र देवदह आएका पर्यटकलाई लुम्बिनी पुर्याउन सकिने छ । यो सडक २०७१ सालमा २ वर्षभित्र सक्ने गरी शुरू गरिएको थियो । ४ वर्षमा ३ पटक म्याद थप गरेर सडक निर्माणको अन्तिम समय सीमा चालू आर्थिक वर्षको साउन मसान्तसम्म मात्र रहेको छ । तर पनि काम सम्पन्न नहुने भएको आयोजनाको भनाइ छ ।

Vianet communication
Laxmi Bank

आयोजनाले निर्माण कम्पनीसँग ४ वर्षको अवधिमा ३ पटक म्याद थप गरिसकेको छ । साउन मसान्तसम्म पनि काम सम्पन्न नभएपछि आयोजनाले ठेकेदार कम्पनीसँग पुनः ६ महिनाको म्याद थप गर्ने तयारी गरिसकेको छ ।

सडक विभाग, सडक सुधार आयोजना अन्तर्गत लुम्बिनी परिक्रमा बर्दघाट– पालडाँडा–त्रिवेणी सडक अन्तर्गत निर्माण भइरहेको यो सडक ४२ किलोमिटर लामो छ । बाढीपीडित चोकदेखि पालडाँडा त्रिवेणी खण्डको सडक निर्माण पूरा भएपनि देवदहको शीतलनगर हुँदै शिवपुर मणिग्राम, मोतीपुर, फसाटिकर, सूर्यपुरा हुँदै लुम्बिनी पर्सा खण्डको सडक जम्मा ८० प्रतिशत मात्र पूरा भएको आयोजना प्रमुख पुष्पाञ्जली खनालले जानाकारी दिइन् । 

परासी खण्डको सडक १९ करोडको लागतमा गावर कासेभ जेवीले निर्माण गरेको हो भने रुपन्देही खण्डको सडक सुधाखर हेम्डुङ एण्ड खोकर जेवीले  ५९ करोड रुपैयाँको ठेक्कामा काम गरिरहेको छ । परासी खण्डको सडक र रुपन्देहीको सडक खण्डको सम्झौता एकैपटक भएपनि परासी खण्डको ठेकेदार कम्पनीले भने आयोजनालाई १ करोड ६७ लाख रुपैयाँ जरिवाना तिरेको छ । १ वर्षसम्म कामै नगरेपछि आयोजनाले जरिवाना लगाएको थियो । 

एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेको सडक २ लेनको छ । भारतीय बैंक एक्सपोर्ट–ईम्पोर्ट बैंकको ऋण सहयोगमा निर्माण हुने भएकाले यो काम भारतीय निर्माण कम्पनी र नेपाली निर्माण कम्पनीले संयुक्त रुपमा काम गर्ने नियम अनुसार नेपाल तर्फको कन्टेक्टरले काम नगरेपछि परासी खण्डमा आयोजनाले जरिवाना लगाउनु परेको आयोजना प्रमुख खनालको भनाइ छ । 

निर्माणको सम्झौता भएपनि बैंकले ९ महिनासम्म रकम नपठाउनु, भुकम्पका कारण काममा बाधा तथा बजार क्षेत्रमा भौतिक संरचना छिटो नहटाउँदा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । अन्तिम समय साउन मसान्तसम्म म्याद थप गरिएको रुपन्देही खण्डको सडक साउनसम्म समेत सकिने छाटकाट नै छैन । 

रुपन्देही खण्डको तिनाउ पारी कालोपत्रे सकिसकेको छ भने अहिले ढल निकासको लागि नाली, पर्खाल, बेसको काम चलिरहेको आयोजनाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x