ज्यान मारेर फरार रहेका ३ जना पक्राउ

साउन ७, २०७५

काठमाडौँ, ७ साउन– महानगरीय प्रहरी परिसर काठमाडौँले ज्यान मार्ने उद्योगमा फरार तीनजनालाई पक्राउ गरेको छ । 

परिसरले मानबहादुर दुरैली विकको हत्यामा संलग्न रामेछापका २२ वर्षीय रमेश दुरैली विक, २८ वर्षीय गोपाल दुरैली विक, २३ वर्षीय सुजन दुरैली विकलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले २०७० पुस १६ मा मानबहादुरको हत्यामा संलग्न श्यामकुमार राईको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले बताए । 

साउन ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस