×

NMB BANK
NIC ASIA

भूकम्पपीडितको पीडा : प्राविधिकलाई भाले र रक्सी दिन नसक्दा घर बनेन !

साउन ७, २०७५

NTC
Sarbottam
भूकम्प गएको तीन वर्ष बित्दा पनि सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका वडा नं ३ भुवनेश्वरीका ध्रुवप्रसाद पोखरेल लाभग्राही सूचीमा सूचिकृत हुन सकेका छैनन् । सर्वेक्षणमा आएका प्राविधिकलाई घुस नखुवाएकाले सूचीमा नपरेको उनको गुनासो छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस
Premier Steels
Marvel

सिन्धुली, ७ साउन– भूकम्पपछिको सर्वेक्षणमा खटिएका प्राविधिकको इच्छा पूरा नगरिदिँदा लाभग्राही सूचीमा नाम नपारिएको यहाँका भूकम्पपीडितको गुनासो छ । 

गोलञ्जोर गाउँपालिका वडा नं ३ भुवनेश्वरीका ६५ वर्षीय वृद्ध ध्रुवप्रसाद पोखरेलले घरधुरी सर्वेक्षणमा खटिएका प्राविधिकले कुखुराको भाले र रक्सीको माग गरेको गुनासाे गरे । आफूले भनेको नमानेको भनी प्राविधिकले भूकम्पमा भत्किएको घरका धनी पोखरेललाई लाभग्राही सूचीमा समावेश गरेनन् । आफूले घुस दिएर लाभग्राही बन्न नचाहेको उनको भनाइ छ । 

फलस्वरुप वरपरका घर बनिसक्दा पनि भूकम्पले चिराचिरा परेको पोखरेलको घर बनाउने सुरसार छैन । गुुनासो दर्ता गराए पनि अहिलेसम्म त्यसको परिणाम प्राप्त नभएको पोखरेलको भनाइ छ । सरकारले दिने अनुदान सहयोग नपाउँदा उनी चिरा परेकै घरमा बस्न बाध्य छन् । 

प्राविधिकले लाभग्राहीमा नाम दर्ता नगरेपछि पोखरेल परिवार अहिले पनि चिरा परेको घरमा आश्रय लिन बाध्य छ । वर्षामा पानी पर्न थालेपछि घर काम्ने गरेको पोखरेलकी ६० वर्षीय श्रीमती मञ्जुको दुःखेसो छ । घरसँगै मन पनि काम्ने गरेको उनले सुनाइन् । 

भुवनेश्वरीकी ६५ वर्षीय वृद्धा मैयाँ रम्तेलको समस्या पनि उस्तै छ । चार छोरासँग छुट्टिएर बसेकी रम्तेलको पतिको पाँच वर्षअघि नै निधन भयो । तीन वर्षअघिको भूकम्पले घर भत्कियो । स्थानीय तहमार्फत गुनासो भर्दासमेत नाम नआएपछि छोराको घरको पालीमा वर्षा छल्न बाध्य हुनुपरेको उनले दुखेसाे पाेखिन् । 

Muktinath Bank

एउटा छोरासँग बसे अरु रिसाउने भएकाले पति हुँदै छुट्टै घर बनाएर बसे पनि लाभग्राही सूचीमा समावेश नहुँदा घर बनाउन नसकेको रम्तेलको भनाइ छ । दमको बिरामी उहाँले छोराका घर बने पनि आफ्नो नबन्दा दुःख लागेको गुनासो गरिन् । 

वडाको पुनःनिर्माणमा सक्रिय प्राविधिक ललितकुमार यादव पहिलेका प्राविधिकले केही वास्तविक पीडितकै नाम छुटाइदिँदा धेरै पाउनुपर्ने भूकम्पपीडितले पनि राहत नपाएको सुनाउँछन् । पाउनुपर्नेलाई राहत दिलाउन आफूले सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ । 

वडामा हालसम्मका २४१ लाभग्राहीमध्ये ९५ प्रतिशतले घर बनाइसकेको उनले बताए । वडाका १४ पीडितबाहेक सबैले दोस्रो किस्ता पाएका छन् । केही दिनमै सबै लाभग्राही दोस्रो किस्ताका लागि सिफारिश भइसक्ने जनाइएको छ । यो वडामा हालसम्म १३५ जना लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x