×

NMB BANK
NIC ASIA

स्लिम बन्ने चक्करमा तपाइँले यस्तो गल्ती त गरिरहनु भएको छैन ?

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धेरै मोटो या धेरै पातलो मानिसको शारीर आर्कषक मानिँदैन । त्यसैले मानिसले आफ्नो शरीरको ख्याल राख्नु आवश्यक छ । मोटाउन होस् या दुव्लाउन खाना र दैनिक क्रियाकलापमा केही परिवर्तन ल्याउने हो भने यो गाह्रो काम भने होइन । तर धेरै मानिस दुव्लाउन र मोटाउन प्रयासरत रहेतापनि आफूले चाहेको शरीर बनाउन सकिरहेका हुँदैनन् । दुव्लाउनको लागि मानिसले गर्ने गल्तीहरुलाई यहाँ चर्चा गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रोटिन बढी खाने
फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा कम गरेर प्रोटिनजन्य खाना बढी खाने गर्छन् । तर, औसतभन्दा बढी प्रोटिन हाम्रो शरीरले ग्रहण गर्योा भने यो शरीरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ, जसले गर्दा स्लिम हुनुको सट्टा थप मोटाइने जोखिम बढ्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुस खाने
ब्रेकफास्टले गर्दा शरीरको वजन अझ बढ्ने डरले डायटिङ गर्नेहरू बिहान एक ग्लास जुस पिएर खाली पेट बसेको भन्ठानी मनमनै रमाउने गर्छन् । तर, यसले उल्टो नतिजा दिन्छ । जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ, जसले गर्दा शरीरमाअतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ । अतिरिक्त इन्सुलिनले भोक लगाइरहने गर्छ, जसको कारण स्लिम बन्नुको सट्टा अझ मोटाइन्छ ।


Advertisment
Nabil box
Kumari

दुब्लाइएन भनेर खिन्न हुने
व्यवस्थित रूपमा डायटिङ गर्न थालेको सुरुको दुई साता वजन उल्लेख्य मात्रामा घट्छ। दुई सातापछि वजन घट्ने क्रम कम हुन्छ । वजन घट्ने क्रम भएपछि डाइटिङ गरेर पनि स्लिम भइँदैन रहेछु भनेर खिन्न हुने र फेरि पहिलेकै जस्तो खानपान र जीवनशैलीमा फर्किने धेरै हुन्छन् । सुरुको दुई साताजस्तै ह्वात्तै शरीरको वजन कम गर्न सम्भव छैन भन्ने कुरा नबुझ्ने गल्ती धेरैले गर्छन् ।

Vianet communication
Laxmi Bank

कम सुत्ने
बढी सुत्नाले वजन बढ्ने डरले डायटिङमा लागेका मानिस कम सुत्ने गर्छन्। तर, स्लिम शरीरका लागि पर्याप्त निद्रा आवश्यक पर्छ । अनिद्राले भोकको स्तर निर्धारण गरिदिने गर्छ । अर्थात्, कम सुत्नुभयो भने तपाईंलाई बढी भोक लाग्छ, जसले गर्दा वजन घट्नुको सट्टा उल्टो बढ्छ ।

एउटै खालको व्यायाम गर्ने
स्लिम बन्न चाहनेमध्ये अधिकांशले सधैं एकैखालको व्यायाम गर्ने गर्छन् । कुनै एउटा किसिमको व्यायाम गर्दा यसले शरीरका केही निश्चित भागमा स्टे्रेस पैदा गर्ने र त्यहाँका मांसपेशीलाई चलायमान बनाउने काम गर्छ। तर, सधैं त्यही व्यायाम दोहोर्या उँदा शरीरका अन्य भागमा कसरत पुग्दैन । जसले गर्दा सोचेजति स्लिम बन्न सकिँदैन ।

कसरत नबढाउने
शरीरको वजन घटाउन चाहने शहरियाहरूले घरभित्रै जडान गरिएका मेसिनहरूमा दगुर्नेलगायत गर्छन् । यसो गर्नु राम्रो हो, तर सधैँ यसैमा अल्भ्किनु चाहिँ पर्याप्त होइन। कसरतलाई बिस्तारै बढाउँदै लग्न सकियो भने मात्रै वजन घटाउने क्रमलाई निरन्तरता दिन सकिन्छ ।

अल्छी गर्ने
कसरत गर्न अल्छी गर्नाले पनि चाहेजति स्लिम बन्न नसक्ने हुन्छ । ुआज ज्यादै थाकेको छु, कसरत गर्दिनँु भन्ने खालका गल्ती धेरैले गर्छन् । यसो भन्नुको सट्टा ुआज १० मिनेट मात्रै कसरत गर्छुु भन्नुस् । कसरत गर्न थालेपछि यसको अवधि आफैँ बढ्छ । किनकि, कसरतले शरीरको थकान र आलस्य दुवै हटाउँछ ।


सुगरफ्री खाना
स्लिम बन्ने होडबाजीमा बजारमा पाइने फ्याटफ्री अथवा सुगरफ्री खाद्य परिकार खाएर मख्ख पर्ने गल्ती डायटिङ गर्नेहरूले गर्ने गरेका छन् । तर, कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्ता खानाले सामान्य अवस्थामा खाइने खाना खाँदाभन्दा बढी क्यालोरी ग्रहण गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक अझ लगाउने गर्छ । जसले गर्दा खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।

खाना कम खाने
स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ । परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन । खाना कम खाँदा न्युट्रिसन्स र भिटामिन्सजस्ता शरीरलाई निरोगी र बलियो राख्ने तत्वको मात्रा पनि घट्न पुग्छ । यसले अनेक खालका रोग निम्त्याउन सक्छ । स्लिम बन्न खाना घटाउने गल्ती गर्नुको सट्टा पोषणयुक्त खाना सन्तुलित मात्रामा खाने गर्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x