×

NMB BANK
NIC ASIA

मधेशको मिठ्ठा गुड : सख्खरलाई बिर्सिएर चिनी मात्र चिन्दा स्वास्थ्यमा समस्या !

साउन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

– राकेशप्रसाद चौधरी

Sagarmatha Cement
Muktinath Bank

विद्यालयको छेउछाउमा रहेको पसलमा अहिले स्वदेशी तथा विदेशी खाद्यपदार्थ बिक्री हुने गरेको छ । चाउचाउ, बिस्कुट, दालमोठ, भुजिया लगायतका सामानकै बोलबाला छ । थोरै ठाउँमा मात्रै मुरही, कचरी र छोला मुरही पाइन्छ । यो अहिलेको अवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही वर्ष अगाडिसम्म विद्यालयको छेउछाउमा मिठ्ठा (गुड) ले बनाइएका हलवा मिठाइ, छडी, कट्टा (मिठ्ठा चकलेट) सँगै मुरही कचरी एवं छोलामुरहीको बिक्री हुने गर्दथ्यो । त्यस समयमा चिनीकटोराले मिठ्ठाबाट बनेको सामानसँग प्रतिस्पर्धा गरिरहन्थ्यो । अर्थात्, केही वर्ष अगाडिसम्म चलेको चिनी र मिठ्ठाको प्रतिस्पर्धामा अन्ततः चिनीको साम्राज्य कायम भइसकेको छ । यो प्रसङ्ग कोट्याउनुको मुख्य कारण मधेशका वासिन्दामा आइरन, क्याल्सियम, फस्फोरस, भिटामिनको कमीले विभिन्न समस्या उत्पन्न हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।


Advertisment
Nabil box
Kumari

मधेशमा मनाइने छठ, होली, चौठीचाँद, माघे संक्रान्ति सहितका सम्पूर्ण पर्वमा मिठ्ठाको एकल राज्य थियो । चिनीले बनाइएका सामग्री प्रयोग गर्दा देवता रिसाउने कथन पनि बिस्तारै हराउन थालेको छ । माघे संक्रान्तिमा तिल, च्यूरा र मुरहीको लड्डु र छठ पर्वमा अर्ध दिन बनाइने ठेकुवा र भुसवामा मात्र मिठ्ठाको प्रयोग हुने गरेको पाइन्छ ।

Vianet communication
Laxmi Bank

मधेशको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा प्रयोग हुँदै आएको मिठ्ठाको प्रयोग घट्न थालेसँगै यस क्षेत्रका वासिन्दामा आइरन, क्याल्सियम, फस्फोरस, भिटामिनको कमी देखिन थालिएको छ । रातो थरिया लगायतको सागको सट्टा हरियो सागको प्रयोग पनि बढेको छ । रातो सागले पनि केही हदसम्म आइरन, क्याल्सियम, फस्फोरस र भिटामिनको पूर्ति गर्ने गरेको थियो ।

मिठ्ठा एवं चिनी उखुकै रसबाट बनाउने गरिन्छ । चिनी उद्योगको लागत करोडौंमा हुन्छ । मिठ्ठा उद्योगको लागत किसानको आवश्यकता अनुसार हुन्छ । चिनी उद्योगबाट किसानले रकम भुक्तानी पाउन आन्दोलन गर्नुपरेको छ । राज्यले किसान र उद्योगीबीच मध्यस्थता गर्नुपरेको छ । राज्यले पनि मिठ्ठा उद्योगलाई बिर्सिसकेको छ । 

फाटफुटमा उत्पादन हुने मिठ्ठा पनि अहिले दारु उत्पादनमा खर्चिने गरिएको देखिन्छ । पहिले हरेक हटियामा मिठ्ठाको अलग बजार नै हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । मिठ्ठाको व्यवसाय सीमित भएको छ । यो किन्न ठूलो बजार एवं हटिया नै कुर्नुपर्ने भएको छ ।

पहिला–पहिला जीम गर्ने अथवा बिहान शारीरिक अभ्यास गर्नेहरू चना र मिठ्ठाको सेवन गर्ने गर्थे । त्यहीँ उमेर बढ्न थालेकी छोरीलाई अनिवार्य दही र मिठ्ठा खान दिइन्थ्यो । अहिले प्याकेटमा बन्द चटक–पटक खुवाउन अभिभावक सक्रिय छन् भने छोराछोरीले समेत त्यस्तै सामानको लागि दबाब बनाइरहन्छन् ।

मधेशका बालबालिका मात्र नभई महिला तथा किशोरीमा रगतको कमी देखिने समस्या भएकाले पनि मिठ्ठाको महत्त्वबारे जान्न आवश्यक छ । पहिला–पहिला चिया पनि मिठ्ठा हालेरै बनाइन्थ्यो । मिठ्ठाको महिमा जान्नुपर्ने आवश्यकता अहिले मधेशमा छ ।

मिठ्ठामा आइरन, क्याल्सियम, फस्फोरस, भिटामिन लगायतको तत्व पाउने गर्छ । आयुर्वेद संहिता अनुसार यो छिट्टै पाँचन हुने, रगत बढाउने तथा भोक जगाउने गर्छ । यसमा क्याल्सियम भएकाले बालबालिकाको हाडमा मजबुती ल्याउन मद्दत गर्छ । बालबालिको दाँत टुट्दा हुने कमजोरी पनि कम गर्छ । प्राचीनकालमा समेत मानसिक र शारीरिक रुपमा स्वस्थ रहन मिठ्ठा, दही र मख्खनको प्रयोग हुने गरेको उल्लेख पाइन्छ । उमेर बढ्न थालेकोको मानसिक एवं शारीरिक स्वास्थ्यका लागि मात्र नभई मुटुको समस्या हुन नदिन यसले मद्दत गर्छ ।

रजस्वला हुने महिलाको लागि मिठ्ठाको प्रयोग अतिआवश्यक मानिन्छ । हुन त अस्पताल एवं बजारमा आइरनको चक्की पनि पाइन्छ । तर, मिठ्ठाको प्रयोगले प्राकृतिक रुपमा आइरनको कमी हुन दिँदैन । मासिक गडबडी ठिक गर्नमा समेत यसले मद्दत गर्छ । यसबाट तुरुन्त शक्ति प्राप्त हुन्छ । रुघाखोकी, श्वासप्रश्वास, उच्च रक्तचाप, कब्जियत लगायतको रोग एवं समस्यामा यसको प्रयोग लाभदायी हुन्छ । आयुर्वेद चिकित्सकले मिठ्ठाको प्रयोगबारे अधिक जानकारी गराउन सक्छन् ।

मिठ्ठाको प्रयोगमा आएको कमीले मधेशीको जनजीवनमा आइरन, क्याल्सियम, पोटासियम, भिटामिनको चक्की खानुपर्ने संस्कृतिको विकास गरिसकेको छ । स्वास्थ्य क्षेत्रमै विभिन्न किसिमका कार्यक्रम यसै विषयमा केन्द्रित हुन थालेको छ । दातृ निकायको लगानी यसै समस्यामा अधिक हुन थालेको छ । तर, मिठ्ठाको महत्व र यसको प्रयोगबारे मौनता कायम छ ।

मधेशीको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा निकै महत्वपूर्ण भूमिका खेल्ने मिठ्ठाबाट हामी टाढिन वा भाग्न थालेका छौं । यसको सेवन गर्दा समाजमा तल्लोस्तरको रुपमा पहिचान बन्ला कि भन्ने डर कायम छ । यही डरको कारण यस क्षेत्रका वासिन्दाले मरुवा (कोदो) को सेवन मात्र नभई खेती नै गर्न छोडिसकेका छन् । प्राकृतिकरुपमा प्राप्त गर्न सकिने आइरन, क्याल्सियम, फस्फोरस, भिटामिनको लागि अहिले विदेशीले सहयोग गर्ने वा बिक्री गर्ने औषधिमा परनिर्भर भएका छौं । राज्यबाट करोडौं रुपैयाँ औषधिमा खर्च भइरहेको छ ।

तसर्थ, संघीय एवं प्रदेश सरकारले मिठ्ठा उद्योग स्थापना एवं प्रोत्साहन, हरेक बालबालिका तथा आमालाई प्रतिमहिना १ किलो मिठ्ठा निःशुल्क वितरण कार्यक्रम गर्न आवश्यक छ । साथै, किसानले आफैंले उत्पादन गरेको उखुबाट मिठ्ठा बनाउँदा राज्यले तत्काल खरिद गरी भुक्तानी दिने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यहीँ मिठ्ठाको प्रयोगका लागि अत्यधिक प्रचारप्रसारको आवश्यकता छ । यस किसिमको कार्यक्रमतर्फ ध्यान नदिइए मधेश बिरामीको भूमिमा परिणत हुन बेर लाग्दैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x