×

NMB BANK
NIC ASIA

अभिनेता प्रदीप खड्कासँग जम्काभेट : भन्छन्- 'मेरो पारिश्रमिक तीन करोड'

साउन ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समयका लोकप्रिय अभिनेता प्रदीप खड्का यतिबेला चलचित्र रोजीको छायाङ्कनमा व्यस्त छन् । पहिलो चलचित्र स्केप असफल भए पनि उनको चलचित्र यात्रा रोकिएन । बरु कर्म र भाग्यको तारतम्य मिल्दा उनी नेपालकै चर्चित अभिनेताको रूपमा पो स्थापित भए ।

Muktinath Bank

स्केपपछि प्रेमगीत, प्रेमगीत– २, लिलिबिली एकाएक हिट भए । त्यसपछि उनलाई लिएर चलचित्र बनाउँछु भन्दै ढोका ढकढक्याउने निर्माताहरू दर्जनौं छन्, तर उनले छानेर मात्रै काम गर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी रोजीको छायाङ्कन सकेको केही हप्तामै आफ्नै लगानीमा निर्माण हुने चलचित्र लभ स्टेसनमा व्यस्त हुनेछन् । पछिल्लो साता दरबारमार्गमा भेटिएका उनै प्रदीप खड्कासँग लोकान्तरले छोटोमीठो कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।


Advertisment
Nabil box
Kumari

खाजा खाने समेत फुर्सद छैन जस्तो छ नि ?

Vianet communication
Laxmi Bank

हाहाऽऽ, दिउँसो २ बजे खाजा खाने सोच थियो तर एउटा मिटिङ परिदियो । अब तपाईंसँगै बसेर खानु पर्ला नि ! तपाईंलाई १५ मिनेट कुराएकोमा सरी है ।

नो वरी ! के खाने ?

तपाईंलाई जे मनपर्छ म पनि त्यसमा सहमत ।

वेटरसँग – स्पेसल जुस, २ प्लेट चिकेन म:म र ग्रीन सलाद लेराउनुस् .... ।

गज्जब! मलाई मनपर्ने कुरा मगाइदिनुभएकोमा धन्यवाद है ।

अब छोटोमीठो कुरा गरौं न है । फ्यान फलोइङ यतिविधि बढेको छ, तपाईलाई कस्तो लाग्छ ?

शायद यो जति खुशीको कुरा एउटा कलाकारलाई अरु के हुन सक्ला र !

निरन्तर उकालो लागिरहेका बेला कहिलेकाहीँ एक्कासि झरिएला भन्ने डर लाग्दैन ?

शायद मीठोमीठो खाइरहेको मान्छेलाई नमीठो खानेकुरा मुखबाट छिर्दैन, मैले शुरुमा स्केपजस्तो फ्लप चलचित्रको स्वाद पाइसकेकाले मलाई पराजयसँग डर लाग्दैन ।

भाग्यले अहिले जसरी चम्काएको छ, त्यसैगरी डाउन गरिदियो भने के हुन्छ ?

केही हुँदैन । मैले अघि पनि भनिसकें– पराजयसँग डराएको भए सायद स्केप चलचित्रको रिजल्टपछि यतिबेला विदेशमा हुने थिएँ होला ।

थोरै क्लियर पार्दिनुस् न, स्केपले जस्तै आगामी चलचित्रले हार खुवायो भने के गर्नुहुन्छ ?

मसँग एउटा मात्रै विकल्प हुनेछ पुन मिहेनत गर्ने ।

दिनमा कतिवटा चलचित्रको प्रस्ताव आउँछ ?

हाहाऽऽ, चलचित्रको प्रस्ताव प्रेम प्रस्तावजस्तो फेसबूक, इन्स्टाग्रामबाट आउने कुरा त भएन तर तपाईंलाई लिएर चलचित्र बनाउँछु भनेर प्रस्ताव गर्ने नेपालका निर्माताहरू धेरै हुनुहुन्छ ।

चलचित्र यात्रा कसरी अगाडि बढाउनुहुन्छ, राजेश हमालजस्तो जति चलचित्र पायो त्यतिमा काम गर्नुहुन्छ ?

हाहाऽऽ, राजेश सरले त्यो बेलामा जे गर्नुभयो, राम्रो गर्नुभएको हो । त्यतिबेला उहाँको विकल्पमा अन्य अभिनेताहरू थिएनन्, तर अहिले विकल्पमा अभिनेताहरू हुनुहुन्छ । यद्यपि मैले सकेसम्म राम्रा स्क्रिप्ट हेरेर र मैले न्याय गर्न सक्ने चलचित्रमा मात्र साइन गर्नेछु । पैसाको पछि दौडिनेछैन ।

निरन्तर अभिनय गरेर पैसा कमाइरहेका बेला किन निर्माणमा हात राख्नुभएको नि ?

मैले अघि पनि तपाईंलाई भनिसकें नि पैसा कमाउने हो भने धमाधम चलचित्र साइन गर्ने र काम गर्ने गर्थें तर म नेपाली फिल्मी इन्डस्ट्रीलाई राम्रा चलचित्र दिने सोचले पनि आएको हुँ । शुरूमा स्केपमा पनि मैले नै लगानी गरेको थिएँ तर त्यसले राम्रो व्यापार गरेन । दर्शकले पत्याएनन् । तर अब पत्याउने बाटो तयार गरिसकेको छु । अभिनयसँगै चलचित्र निर्माणमा निरन्तर हात अगाडि बढ्नेछन् ।

लभस्टोरी चलचित्रमा मात्रै काम गर्ने या अन्य प्रकारका चलचित्र पनि गर्ने ?

यो कस्तो कुरा रहेछ भने नि- दर्शकले जे कुरा मन पराए त्यसैअनुसार अगाडि बढ्नुपर्छ, नत्र घातक पनि हुनसक्छ । यद्यपि मैले कथावस्तु राम्रो पाएँ भने अवश्य अन्य प्रकारका चलचित्र पनि गर्नेछु ।

अभिनेता अनमोल केसीसँग बोलचाल छैन हो ?

लौ ! कसले भन्यो यो कुरा ?

चलचित्र बजारमा तपाईंलाई अनमोल केसीको प्रतिस्पर्धी भनिन्छ । नेपाली चलचित्र उद्योगका दुई सुपरस्टारको भेट समेत अहिलेसम्म भएको रहेनछ । यसले त्यस्तै सन्देश दिन्न र ?

अनमोलसँग न मेरो प्रतिस्पर्धा हो न कुनै किसिमको रिसइबी । हामी दुवै आ–आफ्नो काममा व्यस्त छौं । सोही कारण पनि भेट नभएको हो । सायद कुनै संयोग पर्ला, चाँडै भेट हुनेछ ।

कुराकानीको अन्तिममा एउटा प्रश्नको जवाफ नढाँटिकन भन्नुस् न, तपाईंले एउटा चलचित्रबाट कति पारिश्रमिक लिनुहुन्छ ?

मलाई लिड क्यारेक्टरमा लिएर २ देखि ३ करोड लगानी गर्नु भनेको त्यो सबै मलाई विश्वास गरेर खर्चिनुभएको हो । त्यसैले मेरो पारिश्रमिक उहाँहरूले गर्नुभएको लगानी सबै हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x