×

NMB BANK
NIC ASIA

बहसमा राष्ट्रिय विकास : हाम्रो बाटो आत्मनिर्भर कि परनिर्भर ?

साउन १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हामी के कस्तो अर्थसामाजिक संरचना र स्थितिमा छौं त्यसले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा हाम्रो राष्ट्रियताको आधार निर्माण गर्दछ । यो मनोगत र भावनात्मक कुरा मात्र होइन । हाम्रो विकास रणनीति राष्ट्रिय क्षमता विकास गर्ने खालको छ कि त्यसलाई कमजोर तुल्याउने र पराश्रयी बनाउने खालको छ, त्यसले हामी कता गइरहेका छौं भन्ने प्रष्ट पार्दछ । हिजोको कुरा त्यही हो र आजको कुरा पनि ।

Sagarmatha Cement
Muktinath Bank

कुनै एक व्यक्तिको वीरता र बहादुरीले मात्र राष्ट्रियता बलियो तुल्याउन सम्भव छैन । यो कुरा हिजोको समयमा त सम्भव भएन भने आजको युगमा सम्भव हुने कुरै होइन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको जमिन, जल, जंगल, जडिबुटी, जनशक्ति जे जति प्राकृतिक र मानवीय विकासका स्रोत साधनहरू छन्, अर्थात पहाड, पर्वत, उपत्यका, तराईका फाँट आदि ती कसका लागि कसरी परिचालित र प्रयुक्त भइरहेका छन्, तिनको वस्तुगत लेखाजोखा गरेर मात्र हाम्रो विकास र हामी कता गइरहेका छौं भन्ने कुराको ठोस निरूपण हुनसक्छ ।


Advertisment
Nabil box
Kumari

यहाँ काम गरी खाने जनता जो बस्छन्, तिनको जीविकोपार्जन के कसरी भइरहेको छ, जीवन व्यतित कसरी भइरहेको छ, वर्तमान र भविष्यबारे उनीहरूको सोच विचार र दैनन्दिन गतिविधि के कस्ता रहेका छन्, ती सबै कुरा स्रोत साधनहरूसँग उनीहरूको सम्बन्ध र पहुच के कस्तो रहेको छ भन्ने कुरामा भर पर्छ ।

Vianet communication
Laxmi Bank

विश्वमा आएको विज्ञान र प्रविधिको अकल्पनीय विकास र बाह्य प्रभावले हामी पनि २१औं शताब्दीका सभ्य मानिस जस्तो देखिए पनि हाम्रा ठोस वास्तविक स्थिति त्यस्तो छैन । हाम्रो बोझ बनिरहेको  गरीबी, अशिक्षा, अभाव, असुरक्षा सबै कुराले हामी आज जसरी आक्रान्त छौं, जसरी केही मुठ्ठीभर व्यक्तिहरू रातारात मालामाल बन्ने र अधिकांश जनता कंगालीकरण हुने वर्गीय र सामाजिक विभेदको स्थिति विद्यमान छ, आर्थिक समाजिक असमानता र विभेदजस्तो किसिमले विद्यमान र व्याप्त छ त्यहाँ राष्ट्रियता र राष्ट्रिय एकता सबल र सुदृढ छ भन्ने कुरा नै सही र यथार्थ हुन सक्तैन । त्यो केवल एउटा ढोंगी आडम्बर मात्र ठहरिन्छ । त्यसैले हामीले राष्ट्रियतालाई अत्याधिक ठूलो जनसमुदाय अर्थात् आम जनताको आजीविका, उनीहरूको अवस्था र आवश्यकताभन्दा भिन्न किसिमले हेर्न मिल्दैन र हेर्नु गलत हुनेछ ।

हाम्रोजस्तो विविधतायुक्त मुलुकमा विभिन्न सम्प्रदायबीचको साझा मान्यता, भावना र साझा लक्षले नै राष्ट्रियतालाई बलियो र विकासलाई टिकाउ बनाउँछ ।

निश्चय नै हामीले लाखौंलाख दीनहीन जनसमुदाय, उनीहरूको स्रोत साधनविहीनता र अनिश्चित भविष्यको बीचमा राष्ट्रियताको दुहाइ दिनु केवल एउटा ढोंगी र सत्ता स्वार्थको लागि तुरुप बनाउने कुरा मात्र हो । फेरि यो कुनै ढाकछोप गरी लुकाएर भित्र एउटा कुरा बाहिर अर्कै कुराको प्रदर्शन गर्ने विपय पनि होइन । यो देश विशेषका जनताको अवस्था के कस्तो छ र के कस्तो बन्दै गएको छ भन्ने प्रकट गर्ने कुरा हो । अनि ती देशको राजनीतिक अवस्था, राजनीतिक संस्कार र संस्कृति के कस्तो रहेको र विकसित हुँदै आएको छ, त्यस कुराले समेत देशको राष्ट्रियता, देशभक्ति र अरु राष्ट्रहरूको सम्बन्धको मापन गर्दछ, गरिरहेको हुन्छ ।

त्यसैले जनताजनता बीचको परस्पर सम्बन्धमा समानता छ कि छैन, शासक र जनताबीचको सम्बन्ध र अन्तरसंवाद औपचारिक÷अनौपचारिक के कस्तो रहँदै आएको या रहेको छ, त्यसले नै कुनै देशको राष्ट्रियता सबल या दुर्बल कस्तो छ भन्ने दर्शाउँछ । वास्तवमा जनताजनता बीचको एकता, परस्पर समानता, सम्मान र सहिष्णुताको भावले राष्ट्रिय एकतालाई सबल तुल्याउँछ भने त्यसको विपरीत भावले कमजोर पार्दछ । यसो हुनुमा उपलब्ध र विकसित हुने स्रोतसाधनसँग जनताको सम्बन्ध–स्वामित्व र अपनत्वको छ कि पराधीनताको छ त्यसले आधारभूतरूपमा राष्ट्रियता कमजोर छ कि सबल भन्ने कुराको बोध गराउँदछ ।

शासक वर्ग स्रोत साधनसम्पन्न, सर्वत्र पहुँच भएको छ, तर आम जनता स्रोतसाधनविहीन र परमुखापेक्षी छन् भने त्यहाँ जतिसुकै राष्ट्रियताको ढोल पिटे पिटाइए पनि त्यो राष्ट्र कमजोर र त्यसको राष्ट्रिय भावना र राष्ट्रभक्ति पनि कमजोर भएर रहन्छ । त्यसैले पनि राष्ट्रियता र जनतन्त्र एकअर्कासँग अभिन्नरूपले गाँसिएका हुन्छन् भनिएको हो । जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताविनाको राष्ट्रियताको कुनै अर्थ हुँदैन भन्नुको कारण पनि यही नै हो ।

हाम्रो जस्तो भाषिक, जातीय, सांस्कृतिक विविधताले भरीपूर्ण र भौगोलिक भिन्नता र विषमताका कारण उपलब्ध भएको जैविक विविधताले युक्त देशमा राष्ट्रियता र त्यसको सबलता तिनै कुराबाट निःसृत हुने हो । ती सबै जनसमुदायको साझा मान्यता, भावना र साझा लक्षले नै यसलाई बलियो र टिकाउ बनाउँछ । अन्यत्र खोजेर राष्ट्रियता पाइँदैन र  राष्ट्रको विकास पनि हुँदैन ।  त्यस्तो हुन्छ भन्ने भ्रम छरिनु पनि हुँदैन ।

परिवर्तन र विकास सँगसँगै राष्ट्रियताको भावना पनि विकिसित र परिमार्जित हुँदै जान्छ । सत्ताले राष्ट्रिय विकासको कुन बाटो लिन्छ त्यसमाथि नै यो कुरा भर पर्दछ ।

हुन पनि यो पृथ्वी पृथ्वीवासी सबैको साझा हो ।  यो पृथ्वीका सबै देशहरूमा बसोबास गर्ने सबै मानिस उत्तिकै समान छन् र तिनको विविधतालाई समान किसमले सम्मान गरिनुपर्दछ भन्ने मान्यता विकसित भएको हो । यही कुरा एउटा देशभित्र पनि उसैगरी लागू हुन्छ । कोही विशेष कोही सामान्य भन्ने किसिमले भेदभावजन्य सोचाइ र व्यवहार गर्ने स्थिति रहनु र रहन दिइनु हुँदैन । यसले राष्ट्र र राष्ट्रियताको भावनाको सही प्रतिनिधित्व हुन सक्दैन ।

यद्यपि यो राष्ट्रियताको कुरा पनि समय, परिस्थिति र युगसापेक्ष तथा गतिशील हुन्छ । परिवर्तन र विकास सँगसँगै राष्ट्रियताको भावना पनि विकिसित र परिमार्जित हुँदै जान्छ । मानव सभ्यताको विकासले यही कुरा दर्शाउँदछ । त्यसैले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको कुरा गर्दा राष्ट्र विशेषमा बसोवास र आजीविका चलाइरहेका आमजनतालाई केन्द्रविन्दूमा राखेर तिनको समोन्नति, प्रगति र त्यसमा ती जनसमुदायको सक्रिय सहभागिता तथा अपनत्वको भावना सिर्जना हुने आधारविनाको खोक्रो राष्ट्रवादको कोरा नारा आजको युगमा एउटा छल र प्रपञ्च मात्र हुनजान्छ भन्ने बुझ्नु र बुझाउनु आवश्यक छ ।

सत्ताले राष्ट्रिय  विकासको कुन बाटो लिन्छ त्यसमाथि नै यो कुरा भर पर्दछ । वास्तवमा भ्रष्टाचाररहित एवं जनकेन्द्रित विकासको माग यसै अर्थमा सर्वत्र हुँदै आएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x