×

NMB BANK
NIC ASIA

प्रदेश राज्यमन्त्रीको स्वागतमा भारतीय गाडीको लश्कर, ८०–८५ जीपको प्रयोग (भिडियोसहित)

साउन १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – प्रदेश सरकारको राज्यमन्त्रीको स्वागतमा ८०–८५ जीपसहित भारतीय गाडीको लश्कर देखिएको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर, २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री डा. डिम्पल झाको स्वागतमा गृहजिल्लामा धेरै जीप देखिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा राज्यमन्त्रीको स्वागतमा प्रयोग भएका गाडीको लस्कर अगाडि बढिरहेको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजपा नेपालकी नेत्रीसमेत रहेकी राज्यमन्त्री झालाई गृहजिल्लामा भव्य स्वागत र सम्मान गरिएको छ । राज्यमन्त्री भएपछि मंगलवार पहिलो पटक गृहगाउँ रौतहटको मत्सरी पुग्दा करीब ८० देखि ८५ वटा गाडी सहितको लावालश्कर उनको स्वागतमा कुदेको थियो ।


Advertisment
Nabil box
Kumari

लावालश्करमा रहेका जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपककुमार झाले जनकपुरदेखि रौतहटको मत्सरी पुग्न ३ घण्टा मात्र समय लाग्ने भएपनि बाटोमा भव्य स्वागत र सम्मान गरिएका कारण ६ घण्टा लागेको बताए ।

Vianet communication
Laxmi Bank

रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म उनको स्वागतमा ठाउँ–ठाउँमा स्वागतद्वार समेत बनाइएको थियो । सर्लाही र रौतहटको सीमा पर्ने वाग्मती नदी कटेपछि मन्त्री झालाई स्वागत गर्न जिल्लाका विभिन्न स्थानीय तहका निर्वाचित प्रतिनिधि र नेता आएका थिए ।

वडाका जनप्रतिनिधिदेखि मेयर, उपमेयर, विभिन्न तहमा कार्यरत पार्टीका नेता तथा कार्यकर्तामध्ये अधिकांश भारतीय नम्बर प्लेटका सवारीसाधनमा स्वागत गर्न पुगेका थिए । मत्सरी गाउँको दुर्गा मन्दिरमा पूजा गरेपछि रौतहटको सदरमुकाम गौरमा राजपा नेपालको पार्टी कार्यालयमा उनलाई स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो ।

उनीसँगै उनका पति तथा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा समेत उपस्थित थिए । अनिल झा अहिले प्रतिनिधिसभा सदस्य छन् । राज्यमन्त्री झा राजपा नेपालकी प्रवक्ता समेत हुन् ।

हेर्नुस् जीपको लश्करको भिडियो :-

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x