पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सेलेब्रिटी बन्न सक्नु र समाजमा प्रभाव पार्नु एउटा सफलता हो । कोही आफूसँग भएको कला वा प्रतिभाका कारण, कोही आफ्नो पेशा व्यवसायमा पाएको सफलताका कारण र कोही अकस्मात हुने घटनाहरूबाट समाजमा चिनिन्छन् । केही मान्छेहरूचाहिँ जबर्जस्त वा विनायोगदान समाजमा चिनिने कोसिस गर्छन्, त्यही नै सेलेब्रिटिजम हो ।
जब मान्छेले आफ्नो नाम र कामलाई सफलताको टुप्पोमा पुर्याउँछ, आफ्नो व्यक्तित्वलाई उँचो बनाउँछ, बोलीमा प्रभावकारिता ल्याउँछ तब ऊ सेलेब्रिटी बन्छ । उसले गर्ने हरेक क्रियाकलापहरू समाजको निगरानीमा हुन्छन् । तर जब सेलेब्रिटी बन्ने होडबाजी हुन्छ तब कहीँ न कहीँ सेलेब्रिटिजमको कुरा आउँछ । सेलेब्रिटिजम यस्तो एउटा रोग बनेर आइसक्यो, यसले हाम्रो समाजमा धेरै समयसम्म असर गरिरहनेछ ।
यो लेखमा सेलेब्रिटिजमको चर्चा गरौं । लेखक कसैप्रति पूर्वाग्रही नहुँदानहुँदै पनि केही पात्रहरूको प्रयोग गरिएको छ ।
आजभोलि सेलेब्रिटिजम संस्कृति ज्यादै फस्टाउँदै गएको छ । हाम्रो जस्तो विकासशील देशहरूमा यसले नराम्रोसँग जरा गाडेको छ । केही मान्छेहरू विना योगदान वा विना मेहेनत रातारात सेलेब्रिटी बन्ने ध्याउन्नमा हुन्छन् । तिनीहरूले यस्तो जबरजस्त माहोल पैदा गर्छन् कि त्यसले आम मनिसको ध्यान तानिरहेको हुन्छ । समाजलाई पक्ष वा विपक्षमा विभाजन गर्छ ।
हामी विभाजित हुनुको कारणचाहिँ हामी अध्यन नै नगरी आफ्नो धारणा बनाउन थाल्छौँ । हामीकहाँ समाजिक सञ्जालको प्रयोग फस्टाउँदो छ । अनियन्त्रित अनलाइन पत्रिकाहरू र यिनले गर्ने मिसन पत्रकारिताले सेलेब्रिटिजमलाई ज्यादै मलजल गरेको छ । हाम्रोमा समाजलाई विभाजन गर्ने र आफू हिरो हुने काममा सेलेब्रिटिजम देखिए पनि कुनैकुनै घटनाहरू हिंसा वा दुर्घटनामा परिणत हुन्छन् ।
पश्चिमा जगतमा त सेलेब्रिटिजम धेरै पुरानो भइसक्यो । हाम्रोमा यसले विस्तारै प्रभाव विस्तार गर्दैछ । सन १९८० मा अमेरिकन गायक जोन लेननलाई गोली हान्ने मार्क डेभिड चापमानले प्रसिद्धिकै लागि गोली हानेका थिए, त्यो पनि एउटा सेलेब्रिटिजमको प्रभाव थियो ।
यहाँ नाम चलेका सेलेब्रिटीहरू छन्, अनि तिनका आ-आफ्नै पेशा व्यवसाय छन् । समाजमा उनीहरूको योगदान छ र त्यही अनुसारको प्रभाव पनि । कला, खेल, पेशा, व्यवसाय, सामाजिक सेवा, राजनीति यस्तै विभिन्न क्षेत्रहरू नै सेलेब्रिटी उत्पादनका क्षेत्र हुन् । तर आजकाल मान्छेहरू रातारात प्रसिद्धि पाउने होडमा जे पनि गर्न अघि सर्छन् ।
अमृत गुरुङ, सन्दुक रुइत, पारस खड्का, अनिल शाहभन्दा यहाँ ज्योति मगरहरू बढ्ता सेलेब्रिटी देखिन्छन् । अहिले बजारमा हिरो भएका सेलेब्रिटीहरू सफल होलान् । आफ्नो योगदान पनि होला । तर यहाँ अमृत गुरुङभन्दा अल्मोडा राना र ज्योति मगरहरू भाइरल हुन्छन् । डा. सन्दुक रुइतभन्दा डा. गोविन्द केसी सेलेब्रिटी देखिन्छन् ।
प्रदिप गिरीभन्दा गगन थापाहरू, विष्णु पौडेलभन्दा नविना लामाहरू एक से एकअगाडि छन्, यो पनि सेलेब्रिटिजम नै हो ।
अमृत गुरुङ मेहेनत गरेर यहाँसम्म आए, तर अल्मोडा रानालाई गीत चोरीको आरोप लाग्यो । ज्योति मगरका हर्कतहरू उनको योगदान हुनसक्छ, तर यहाँ सेलेब्रिटिजमको प्रभाव देखिन्छ । सन्दुक रुइतले नेपालको स्वास्थ्य सेवामा गरेको योगदानको तुलनामा सायद डा. गोविन्द केसीले गर्ने जिद्दी अनशन गौण हो र पनि हामी उनको पछाडि यसरी लाग्छौँ कि उनी यो युग परिवर्तन पिता हुन् । यसर्थ हामी पनि कहीँ न कहीँ सेलेब्रिटिजमबाट प्रभावित छौं ।
डा. केसीको समर्थनमा माइतीघरमा कुर्लनेहरूको त लामै ताँती थियो । त्यही ताँतीमा कतिपयले सेलेब्रिटी हुन खोजे । त्यो प्रतिस्पर्धामा रवीन्द्र मिश्र, गगन थापा , सुशीला कार्की र अन्य नागरिक समाज फूलीधारीहरूको तछाडमछाड प्रस्ट देखिन्थ्यो । डा. केसीको नाममा राजनीति गरेर पवित्रता प्राप्त गर्न कस्ताकस्ता 'हनुमान'हरू आइपुगे भन्ने त माइतीघर मण्डलामा राम्रोसँग देखियो ।
सेलीब्रेटी हुने होडमा गगन थापाले विदेश पढेर आउने डाक्टरहरूको प्रमाणपत्रमै 'ह्वाट' (?) लगाइदिए । दुर्गा प्रसाईंले कडा आलोचना खेपिरहेकाछन् । शेरबहादुर तामाङको पद नै चैट भयो । महेश बस्नेत ट्रोलको शिकार नै बने । नबिना लामा विवादास्पद बनिन् । सुशीला कार्कीले त आगै बाल्दिन्छु भन्न भ्याइन् ।
यी सबै सेलेब्रिटिजमकै प्रभावहरू हुन् । यदि सेलेब्रिटिजमबाट प्रभावित हुने थिएनन् भने यसरी विवादास्पद् हुने कुरै थिएन । सभ्य भाषा प्रयोग हुन्थ्यो । तर्कहरू आउने थिए । बोल्न हतार हुने थिएन र विवादास्पद् भइने थिएन । सिंहदरबार र माइतीघरतिरबाट कुर्लने र ओकल्ने प्रतिस्पर्धा नै चल्यो । सेलेब्रिटिजमका अनेकन पात्रहरू त्यहाँ देखिए ।
डा. केसी त सेलेब्रिटी नै भए । अनशन बसे अनि उनैले भनेअनुसार सहमति भयो । तर सहमतिको कुनचाहिँ बुदाँले आमूल परिवर्तन हुन्छ, केही भेउ पाइएन । त्यही पनि उनी आजीवन सेलेब्रिटी हुनेछन् ।
केन्द्र र प्रदेश सरकार तथा स्थानीय निकायहरू झन ठूलो सेलेब्रिटिजमको प्रभावमा छन् । केन्द्र सरकार त यस्को गतिलो उदाहरण नै हो । प्रदेश सरकारहरू होडबाजीमै छन् । मोदी भ्रमणमा आगो ओकल्ने २ नम्बर प्रदेशका मुख्यमन्त्री यसका उदाहरण हुन् ।
गाउँतिर स्थानीय सरकारहरूले बढाउने भत्ता र अन्धाधुन्ध डोजर आतंक पनि सेलेब्रिटिजमकै प्रभाव हुन् । तत्काल देखिने काम गरेर सेलेब्रिटी जो हुनुछ । चुनावका बेला महा-स्मार्ट सपना बाँडेर अहिले गुमनाम काठ्माडौंका र घुमघाममै मस्त ललितपुरका मेयर'सापहरू सेलेब्रिटिजमका नयाँ उदाहरण बन्ने बाटोमा छन् ।
केन्द्र सरकार र यसका मन्त्रीहरू पनि सेलेब्रिटिजममै छन् । नेकपाका युवा नेताहरू पनि यसबाट टाढा रहन सकेनन् । मन्त्रीहरूको त कुरै छाडौँ, प्रधानमन्त्रीसम्मले तुइन भएको ठाउँमा केवलकार हाल्दिने भाषण ठोक्छन् अनि मन्त्रीहरूमा प्रतिस्पर्धा चलिरहेको छ ।
सुरुङमार्ग, स्मार्ट नेपाल, रेल, पानीजहाज, रोजगारी पक्कै सम्भव छन् तर यिनीहरूले यसरी भन्छन् कि हरेक मन्त्रीसँग एउटा-एउटा जादूको छडी छ र चमत्कारका लागि 'फू' गर्न तम्तयार छन् । यसबाट पनि उनीहरू सेलेब्रिटिजमको शिकार भएको प्रस्ट हुन्छ । न तर्क, न धैर्याता, न अध्ययन … ! तर पनि बोल्न हतार ? कर्मचारी व्यवस्थापनमा लालबाबु पण्डित मज्जैले कुर्लिए, तर अहिले उनको निस्क्रियताले अघिल्लो कार्यकालको छवि गुमाउन थालिसके । गृहमन्त्री र यतायात मन्त्रीको सिन्डिकेटको हालत त्यस्तै छ । श्रममन्त्री समय ठगलाई थुनाउने छाड्नेमै बितिराछ । यसरी काम र त्यसको परिणामभन्दा भाषणमै रमाउनु पनि सेलेब्रिटिजम हो ।
विपक्षीहरूले त झन हदै गर्दिन्छन् । जेमा पनि आलोचना अनि कडा भाषण । हुँदाहुँदा एक जनाबाट त मृत्युदण्डकै माग भो। पहिला पनि संविधान बानाउने बेला उठेको यो माग जसमा डलरवालाहरूको स्वरमा स्वर मिलाएर मानवअधिकारको कुरा गर्ने पहिलो पार्टी नै कांग्रेस थियो क्यारे ! तर अहिले त्यही कांग्रेसबाट यो माग आयो । यो पनि एउटा सेलेब्रिटिजमकै उदाहरण हो । त्यस्तो किन पनि भने जसले यो माग उठायो त्यसले संसदमा लिखित प्रस्ताव नै राख्ने छैन । यदि राखिहाले पनि उनकै पार्टीले स्वीकार गर्ने छैन । (यो लेखक मृत्युदण्डको पक्षमा छ ।)
सेलेब्रिटिजमबाट हरेक क्षेत्र प्रभावित छन् । कडा भाषण ठोक्यो क्रान्तिकारी नेता ! मर्यादाको सीमा नाघेर उफ्रियो नागरिक समाजको अगुवा ! सीमित माग राखेर पूर्वाग्रही अनशन बस्यो सत्याग्रही ! कसैको हनुमानगिरी गर्यो बुद्धिजीवी ! विवादास्पद बोल्यो हिरो ! नयाँ पार्टी खोल्यो रातारात नेता ! युट्युबमा एकदुइटा गीत हिट हुन पाको छैन सेलेब्रिटी ! यी सबै हिरोइजम र सेलेब्रिटिजमका प्रभाव हुन् । हामीले आफ्नो धारातल बिर्सियौं र हरेक कुराको गहिराइमा पुग्न सकेनौं भने हामी पनि सजिलै सेलेब्रिटिजमको शिकार हुन सक्छौं ।
हनुमान र हनुमानगिरी – यी शब्दहरू आजभोलि बडो चर्चामा छन् । यी पनि सेलेब्रिटिजमकै उत्पादन हुन् । सरकारले रेल भन्छ, हामी रेल आइहल्छ भनेर पत्याउछौँ या त कागजको पानी जहाज र रेल बनाएर बालुवाटार जान्छौँ । यो दुवै हनुमानगिरी हो- पक्ष र विपक्षमा । न कसैले रेल यसरी सम्भव छ भनेर लेखे न कसैले यसरी असम्भव छ भनेर नै । विनातर्क पक्षविपक्षमा हनुमानगिरी गर्ने बुद्धिजीवीको समूह ठूलो छ ।
डाक्टर केसीका सम्बन्धमा पनि हनुमानगिरी नै भयो । डाक्टर केसीको हनुमानगिरी गर्न 'महानमहान' हस्तीहरू माइतीघर मण्डलामै पुगे अनि सरकारको हनुमानगिरी सामाजिक सञ्जालमा देखियो । यही हनुमानगिरीको सहायतामा कतिपयले सेलेब्रिटी बन्न खोजे । केहीले विदेश पढ्न जाने नेपाली चेलीहरूको अस्मितामा प्रहार गरे । पूर्व प्रधानन्यायाधीशले त आगै बाल्दिने घोषणा गरिन् ।
हामी पनि झुण्डझुण्ड बनाएर यिनीहरूको पक्ष वा विपक्षमा राम्रै हनुमानगिरीमा लाग्यौं । सेलेब्रिटिजम र हनुमानगिरीको जबर्जस्त प्रभाव धेरैमा परिरहेको छ र यो निकै समयसम्म रहनेवाला छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...