×

NMB BANK
NIC ASIA

‘बेटी पढाऊ, बेटी बचाऊ’ : अभियानको नारा आकर्षक, कार्यान्वयन झुर !

साउन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सय दिने कार्ययोजना पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका थिए । तर, अभियानलाई जुन उत्साह र आकर्षक नाराका साथ प्रस्तुत गरिएको थियो, कार्यान्वयन त्यस अनुरुप हुन सकेन ।

Muktinath Bank

अभियानले प्रदेशका मात्र नभइ देशैभरिका मानिसको ध्यानाकर्षण भएको थियो । तर, गत आर्थिक वर्षमा अभियानको कार्यान्वयन झुर देखिएको छ । महिला साक्षरता बढाउने, लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति निरुत्साहित गर्न तथा विद्यालय जाने र टिक्ने दर बढाउने उद्देश्यले अभियान शुरू गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७४/७५ को बजेटमा अभियानलाई प्राथमिकताका साथ राखिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, विनियोजन भएको बजेट कार्यान्वयन हुन सकेन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत शिलाकान्त लाभले भने, ‘बजेट ८० लाख रहेकोमा ५ लाख रुपैयाँ जति मात्र खर्च हुन सक्यो ।’


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्षमा अभियानमा खर्च भएको थोरै बजेट ५ लाख रुपैयाँको ७५ वटा साइकल किनेर राखिएका छन् । तर, साइकल बाँड्ने प्रक्रिया र क्षेत्रबारे यकिन नहुँदा अलमल भइरहेको छ । मन्त्रालयमा थन्काएर राखिएका ती साइकल कुन जिल्ला र विद्यालयका छात्रालाई वितरण गर्ने भन्ने निक्र्याैल हुन सकेको छैन ।

Vianet communication
Laxmi Bank

सार्वजनिक खरिद ऐन अनुसार ७ सय साइकल खरिद गर्न टेन्डर गरिएपनि टेन्डर खरिदकर्ताले प्रावधान पूरा गरेको नपाइएपछि ५ लाख रुपैयाँको मात्र ७५ वटा साइकल किनेर राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरिप्रसाद फुयालले बताए । ‘अब छिट्टै निर्णय गरेर साइकल वितरण गरिने छ,’ उनले भने ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि अभियानलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ । चालू आर्थिक वर्षमा अभियानका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बालिकाको शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको घोषणा गरेको थियो । अभियानले आर्थिक तथा सामाजिक रूपले विपन्नता भएका परिवारमा जन्मिने छोरीको लागि प्रदेश सरकारले बीमा कम्पनीसँग समन्वय र साझेदारी गरी शिक्षा बीमा कार्यक्रम लागू गर्नेछ ।

लिंग पहिचान गरी हुने भ्रूण हत्या निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने छ । सुरक्षित गर्भपतन गराउने स्थानीय तहका संस्थासँग सहकार्य गरी लिंग पहिचान प्रविधिलाई निरुत्साहित गरिने निर्देशिकामा उल्लेख छ । ८ देखि १० कक्षासम्म अध्ययनरत छात्रालाई विद्यालय भर्ना गर्न र टिकाइराख्न प्रेरित गर्ने उद्देश्यले साइकल वितरण कार्यक्रम समेत गरिने छ ।

छोरीलाई विद्यालय पढाउनुपर्छ भन्ने सन्देश दिन ‘कुनै छोरी नछुटुन्’ भन्ने नाराका साथ आमाहरूलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । प्रदेशका ८ वटै जिल्लामा आवश्यकता अनुसार सार्वजनिक स्थलमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानसँग सम्बन्धित विभिन्न नारा र सूचना चित्र सहितका होडिङ्ग बोर्ड राखिने छन् । विभिन्न सञ्चारमाध्यमबाट जनचेतनामूलक एवं प्रेरणामूलक सन्देश प्रसारण तथा प्रकाशन गरिने छ ।

विपन्न परिवारका छोरीको अभिभावकत्व ग्रहण गर्न चाहने शिक्षा प्रेमीलाई प्रोत्साहन र सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । स्थानीय तह वा सिफारिस गरेका लक्षित संस्थालाई तोकिएका कार्यक्रम सञ्चालन गर्न सशर्त अनुदान समेत उपलब्ध गराइने छ ।

छात्रालाई विद्यालयमा टिकाइराख्न विद्यालयमार्फत् दिवा खाजा समेत उपलब्ध गराइने छ । कार्यक्रमलाई व्यवस्थित गर्न मुख्यमन्त्रीको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन समिति बनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x