×

NMB BANK
NIC ASIA

अर्बौं ठग्ने सहकारी सञ्चालकहरू बेखबर, अधिकारसम्पन्न सरकारी समिति आफैं समस्याग्रस्त !

साउन २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सर्वसाधारणको अर्बौं रकम ठगी गर्ने बचत तथा ऋण सहकारीहरूले अहिलेसम्म पनि रकम फिर्ता गर्न नसक्दा सर्वसाधारणको बिचल्ली भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

५ हजारभन्दा बढी खातावालको दश अर्बभन्दा बढी रकम तिर्न नसकेका सहकारी सञ्चालकहरू बेखबर हुँदा सर्वसाधारण समस्यामा परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी संस्थामा निक्षेप जम्मा गर्ने व्यक्तिहरूले निक्षेप फिर्ता नपाएको र निक्षेप रकमको दुरूपयोग भएका विभिन्न उजुरीका आधारमा भएको सरकारी छानबिन तथा व्यवस्थापनले समस्याको थोरै पनि समाधान गर्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

सरकारको गफ मात्रै !

Vianet communication
Laxmi Bank

सरकारले २०७० सालमा सर्वसाधारणको रकम उठाएर फिर्ता गर्न नसकेका र नगरेका वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गर्‍यो ।

२०७० कात्तिक १४ गते बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट जाँचबुझ आयोग ऐन– २०२६ को दफा ३(२) अनुसार यो गठन भएको आयोगले समस्याहरूको जाँचबुझ गरी करीब ९ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनका आधारमा तत्कालीन समयमा १ सय ३० सहकारी संस्था समस्याग्रस्त देखिएका थिए । आयोगमा १२ हजार ९ सय ६२ खातावालका २२ हजार १ सय ७० खातामा दाबी उजुरी परेको थियो ।

त्यतिबेलाका सबै उजुरीमा गरी १० अर्ब ८७ लाख ८४ हजार रुपैयाँ दाबी भएको थियो । त्यसमध्ये ७ अर्ब ६० करोड ८९ लाख ३५ हजार रुपैयाँ (७,६०,७९,९५,२३८।३९) साँवा दाबी गरिएको थियो भने दुई अर्ब ४० करोड ७ लाख ब्याज थियो ।

सर्वसाधारणको ठूलो रकम ठगी भएको कुरा छताछुल्ल देखिएपछि सरकारले गत वर्ष (२०७४ पुस २८ गते) समस्याग्रस्त सहकारी संस्था वा संघको सम्पत्ति व्यवस्थापन गरी दायित्व भुक्तानी गर्ने अधिकार सम्पन्न व्यवस्थापन समिति गठन गर्‍यो । सो समितिको संयोजक पनि कार्की नै रहे ।

ओरियन्टलको ठगी ४ अर्बबाट १० अर्ब पुग्यो 

गतवर्ष गठन भएको समितिले चैतमा सहकारी क्षेत्रको सबैभन्दा ठूलो केश सुधीर बस्नेतको ओरियन्टल ऋण तथा वचत सहकारी संस्थाबाट मात्रै ठगीमा पर्नेहरूलाई उजुरी गर्न सार्वजनिक सूचना जारी गर्‍यो । 
सूचनाका आधारमा वैशाख २ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ७ हजार ५ सय ४५ वटा उजुरी समितिमा दर्ता भएका छन् । सो संस्थाउपर झण्डै १० अर्बको दाबीसहित उजुरी परेको छ  ।

समितिमा अहिले बस्नेतको नाममा रहेको ओरियन्टल ऋण तथा बचत सहकारी संस्थाउपर दर्ता भएका उजुरीमा ८ अर्ब रुपैयाँ बचत (ब्याजसहित) र १ अर्ब ८७ करोड रुपैयाँ अपार्टमेन्टतर्फको दाबी रहेको समितिका सदस्यसचिव (उपसचिव) रेवती पोखरेलले जानकारी दिए ।

२०७० सालमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदनले सो सहकारीले असुलउपर गर्नुपर्ने रकम करीब साढे ४ अर्ब रहेको देखाएको थियो । उजुरीकर्ताहरूले ओरियन्टल ब्युल्डर्स एन्ड डेभलपर्सको ओरियन्टल कोलोनी, कौशलटार होम्स, चक्रपथ हाइट्स, धुम्बाराही अपार्टमेन्ट फेज २, भेगास सिटी इमाडोल ललितपुर र आयुषा डेभलपर्सको इस्टर्न अपार्टमेन्ट, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको भेगास सिटी, त्यसकै इम्पेरियल अपार्टमेन्ट नक्साल, नमस्ते कोलोनी, सानेपा हाइट आदि नाममा उजुरी गरेको समितिले जनाएको छ ।

थपिए ९ सहकारी समस्याग्रस्तको सूचीमा

सरकारले पूरानो प्रतिवेदन र २०७४ पुसमा गठन भएको समस्याग्रस्त सहकारी संस्था वा संघको सम्पत्तिको व्यवस्थापन गरी दायित्व भुक्तानी गर्ने अधिकार सम्पन्न व्यवस्थापन समितिले गरेको छानबिनका आधारमा गत असार १८ गते ९ वटा अन्य सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ । 

समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूमा स्ट्याण्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड छन् ।

यसैगरी कञ्जुमर बचत तथा ऋण सहकारी कोअपरेटिभ लिमिटेड, कुबेर ऋण तथा बचत सहकारी संस्था लिमिटेड, चार्टड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्ट्यान्डर्ड मल्टी पर्पोज कोअपरेटिभ सहकारी लिमिटेड रहेको समितिले जनाएको छ ।

३ वर्षको उपलब्धिः बस्नेत जेल परे अनि छुटे !

विभिन्न समयमा दर्ता भएका उजुरीमा अर्बौंको दाबी परे पनि सरकारले सर्वसाधारणको रकम फिर्ता गराउन भने सकेको छैन । सरकारले यो बीचमा सहकारी ठगीका सबैभन्दा ‘महङ्गा’ ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतविरुद्ध मुद्दा भने चलायो । २०७५ सम्म आइपुग्दा बस्नेतले १८ महिना कैद भुक्तान गरिसकेका छन् ।

सर्वसाधारणको झण्डै १० अर्ब रुपैयाँ ठगी गर्ने ओरियन्टल सहकारी तथा ऋण सहकारीका सञ्चालक सुधीर बस्नेत गत जेठ २२ गते कैदमुक्त भए । ओरियन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ), आयुसा बिल्डर्सलगायत ८ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेतले १८ महिनाको कैद भुक्तानपछि जरिवाना तिरेर बाहिरिएका हुन् ।

बस्नेतले जेलमा रहँदा मुक्त भएको १ वर्षमा सर्वसाधारणको रकम भुक्तानी गर्ने अभिव्यक्ति दिइरहेका थिए । कैदमुक्त भएर बाहिरिएपछि उनले के गर्दैछन् भन्नेबारे भने कसैले पनि चासो राखेको छैन ।

झण्डै २ महिनाको अवधिमा बस्नेतले सर्वसाधारणको रकम फिर्ता गर्ने गरी के काम गर्दैछन् भन्नेबारे सरकार वा समिति कसैलाई पनि पत्तो छैन । सहकारी विभागका वा मन्त्रालयका अधिकारीहरू बस्नेतले के गर्दैछन् भन्नेबारे खासै चासो नभएको बताउँछन् ।

सहकारी विभागमा कार्यरत एक अधिकारीले भने, ‘बस्नेत छुटे भन्ने सुनेको छु । उनले के गर्दैछन् भन्ने कुरा हामीले चासो राखेका छैनौं । उनको नाममा रहेको सम्पत्ति खोज्न हामी लागिरहेका छौं । हामी सकेसम्म सर्वसधारणको रकम फिर्ता गराउने भनेर लागेका छौं ।’

समितिका सदस्यसचिव रेवती पोखरेलले अब सरकारले बस्नेतको नाममा रहेको अचल सम्पत्ति खोजी गरिरहेको जानकारी दिए । पोखरेलका अनुसार सरकारले दाबी उजुरीका आधारमा सर्वसाधारणको रकम छानबिन गर्ने र बस्नेतको नाममा रहेको अचल सम्पत्तिबाट सर्वसाधारणको रकम फिर्ता गराउनेछ ।

बस्नेतको नाममा रहेको सबै रकम खोज्न सके सर्वसाधारणको साँवा मात्रै भए पनि फिर्ता गर्न सक्ने आशामा सरकार छ ।

पोखरेलले लोकान्तरसँग भने, ‘अहिले सुधीर बस्नेतको केशलाई पहिलो प्राथमिकता दिइएको छ । उजुरीका आधारमा बस्नेतको अचल सम्पत्तिको खोजी भइरहेको छ । अहिलेसम्म फेला परेको रकम रोक्का भइसकेको छ । अब सर्वसाधारणको उजुरी र प्रमाणको आधारमा पहिलो चरणमा साँवा मात्रै फिर्ता गर्ने गरी काम हुनेछ । सबै सम्पत्ति मुल्याङ्कन हुँदा साँवा फिर्ता हुन्छ कि भन्नेमा आशावादी छौं ।’

समिति आफैं समस्याग्रस्त !

२०७४ पुसमा गठन भएको समस्याग्रस्त सहकारी संस्था वा संघको सम्पत्तिको व्यवस्थापन गरी दायित्व भुक्तानी गर्ने अधिकारसम्पन्न व्यवस्थापन समिति आफैं अहिले समस्याग्रस्त बनेपछि पछिल्लो एक महिनादेखि काम समेत हुन सकेको छैन । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरेका कर्मचारी खारेजीमा पर्दा समिति नेतृत्वविहीन छ ।

संयोजक कार्कीलगायत पदाधिकारी पदमुक्त भएपछि समितिले काम गर्न नपाएको सदस्यसचिव पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x