×

NMB BANK
NIC ASIA

बुटवल – दुवै पक्षले आ–आफ्नो समूह आधिकारिक भनेर दाबी गर्दा उत्पन्न विवादले बुटवल सामुदायिक वन उपभोक्ता समूह बेवारिसे बनेको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला वन कार्यालय रूपन्देहीले विवाद समाधान गर्न पहल नगर्दा वनको कार्यालयमा ३ महिनादेखि ताला लागेको छ । सामुदायिक वनमा विवाद देखिएमा समाधान गर्ने सम्पूर्ण अधिकार जिल्ला वनमा हुन्छ । तर, वन कार्यालय निर्णायक रुपमा प्रस्तुत हुनुपर्नेमा कुनै चासो देखिएको छैन । वनका केही व्यक्तिहरूको आर्थिक प्रलोभनमा सेक्टर वन कार्यालयका केही कर्मचारीहरू समेत मिलेको हुँदा समस्या समाधानका चासो नदिएको केही उपभोक्ताले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत बैशाखमा वनको साधारणसभा तथा अधिवेशन भएको थियो । अध्यक्ष रवीन्द्रगोपाल लाकौल समूहले अधिवेशनका सबै प्रक्रिया पूरा गरी नेतृत्वमा आएको भन्दै आफूहरू नै आधिकारिक भएको बनाउँदै आएको छ । यसअघिका अध्यक्ष माधव प्रधान समूहले पनि आपूmहरूको समूह आधिकारिक दाबी गर्दै जिल्ला वन कार्यालयमा निवेदन पेश गरेको थियो । 


Advertisment
Nabil box
Kumari

प्रधान र लाकौल समूहको विवादले विगत ३ महिनादेखि वनको कार्यालयमा अलपत्र जस्तै बनेको हो । आफूहरू अधिवेशनबाट निर्वाचित भएर आएको भन्दै लाकौल समूहले अर्को समूहले कामकाज गर्न नदिएको भन्दै वनको कार्यालयमा तालाबन्दी गरेको छ ।

Vianet communication
Laxmi Bank

दुवै समूहको झगडाका कारण सामुदायिक वन नै उपभोक्ताको हातबाट खोसिएर राष्ट्रिय वन हुन सक्ने भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । राजनीतिक आवद्धताका आधारमा वामपन्थी र कांग्रेस निकट उपभोक्ताले छुट्टाछुट्टै कार्यसमिति चयन गरी आफूलाई आधिकारिक भएको दाबी गरिरहेको उपभोक्ताको बताएका छन् ।

लाकौल नेकपा र प्रधान कांग्रेस निकट हुन् । जिल्ला वन कार्यालय रूपन्देहीका सहायक वन अधिकृत गिरीराज पन्तले दुवै समूह आधिकारिक नभएको बताए । ‘वन ऐन २०४९ र वन नियमावली २०५१ को निर्देशन अनुसार दुवै कार्यसमिति आधिकारिक छैनन्,’ पन्तले भने, ‘जिल्ला वन कार्यालयले छिट्टै दुवै पक्षलाई बोलाएर सहमतिको पहल गर्छ । त्यसमा पनि सहमति भएन भने उपभोक्तालाई भेला गरी बहुमतको आधारमा नयाँ नेतृत्व चयन हुन्छ ।’

वनमा आधिकारिक नेतृत्व नहुँदा काठ दाउरा तस्करी समेत बढेको छ । वनमा १ हजार ८ सय उपभोक्ता छन् । दुवै समूहले अलग–अलग गरेको उपभोक्ता भेला, अधिवेशन र निर्वाचनबाट निर्वाचित कार्यसमिति मात्र होइन, संस्थाको नाम र छाप पनि अलग–अलग नै रहेको छ ।

प्रधान नेतृत्वको समितिको नाम र छाप पुरानै अर्थात् बुटवल सामुदायिक वन उपभोक्ता समूह, बुटवल १ र २ (साविक १–४) रुपन्देही भन्ने यथावत् रहेको छ भने लाकौलले नेतृत्व गरेको नयाँ समितिको नाम र छाप छुट्टै बनाइएको छ ।

सेक्टर वन कार्यालय बुटवलका पूर्वप्रमुख यज्ञमूर्ति खनाल वनमा देखिएको समस्या आफूहरूले जिल्लामा पठाएको भन्दै पन्छिए । उनी केही समय अगाडि सेक्टर वन कार्यालय बुटवलबाट सरूवा भएका छन् ।  विवाद देखिएपछि दुवै समूहका कतिपय पदाधिकारी तथा सदस्यले समितिमा नबस्ने भन्दै जिल्ला वन कार्यालयमा राजीनामा समेत दिएको पन्तले जानकारी दिए ।

२०५० सालमा वन स्थापना भएको हो । बुटवल वडा नम्बर १ का वडाध्यक्ष महेन्द्र लिगलले जिल्ला वन कार्यालयले विवाद समाधान गर्न पहल नगर्दा वन नेतृत्वविहीन जस्तै बनेको बताए । ‘हामी जनप्रतिनिधिको हैसियतले बुटवल १ र २ का वडाध्यक्षले वन कार्यालयलाई यो विवादका सन्दर्भमा जानकारी गराएका थियौं । त्यसको पनि कुनै सुनुवाई भएन,’ वडाध्यक्ष लिगलले थपे, ‘लाकौलको टीम नै सबै प्रक्रिया पूरा गरी आएकाले सोही टीम नै आधिकारिक हो । यसका दुईमत छैन । वन कार्यालयले यसैलाई वैधानिकता दिनुपर्छ ।’ 

लाकौल आफू नै वनको आधिकारिक अध्यक्ष भएको दावी गर्छन् । ‘प्रधान समूहले आधिकारिकता छैन । वनमा गरेको अनियमितताबाट बच्न आफू अध्यक्ष हुँ भनेर स्वघोषणा गरेर अध्यक्ष भइँदैन,’ लाकौलले भने । 

प्रधानले पनि आफ्नो टीम नै आधिकारिक भएको दावी गरे । उनले विवाद वन कार्यालयमा पुगेको भन्दै वन कार्यालयको आधिकारिक निर्णयको आफूहरू प्रतिक्षामा रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x