×

NMB BANK
NIC ASIA

तिलोत्तमाका नगर प्रमुखको पारिश्रमिकबाट ४४ विद्यार्थीलाई छात्रवृत्ति

साउन २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो पारिश्रमिक बापतको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् ।

Muktinath Bank

नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसको आधारमा उनले छात्रवृत्ति प्रदान गरेका हुन् । नगर प्रमुख घिमिरेले यसअघि नै आफूले प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोषणाअनुसार उनले १ वर्षको पारिश्रमिक स्वरुप प्राप्त गरेको ३ लाख ८५ हजार रूपैयाँ एक समारोहबीच तिलोत्तमा नगर प्रमुख छात्रवृत्ति कोष–२०७५ मार्फत् वितरण गरेका हुन् । छात्रवृत्ति नगरका सम्पूर्ण सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीले प्राप्त गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । सोही समितिको सिफारिसका आधारमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीलाई  ६ हजार, कक्षा ३ र ४ का लागि ७ हजार, ५ र ६ को लागि ८ हजार, ७ र ८ को लागि ९ हजार, कक्षा ९ को लागि ९ हजार ५ सय, कक्षा १० को लागि १० हजार र कक्षा ११ को लागि १७ हजार रूपैयाँ वितरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र गरीब तथा जेहेन्दार विद्यार्थीलाई उत्साही बनाउन आफूले प्राप्त गर्ने पारिश्रमिक छात्रवृत्तिमा लगाउने निर्णय गरेको बताए । आफूले बाँकी ४ वर्षको पारिश्रमिक पनि छात्रवृत्तिमै लगाउने बताए ।

यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो ३ वर्षभित्र नगरका सबै सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयका स्तरमा पु¥याउने लक्ष्य लिएको छ । यहीँ लक्ष्यअनुसार नगरपालिकाले बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान सुरू गरेको छ । ५ कक्षासम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन ‘टिफिनकारी’ समेत वितरण गरेको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । 

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शिक्षा प्रमुख तथा उपसचिव हरि ज्ञवाली, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल, पत्रकार डायलसन अधिकारी र ईन्दिरा अर्याल, शान्ति नुमना माविका प्रअ कुलप्रसाद लामिछाने, अभिभावक नारायण ज्ञवाली लगायतले नगरप्रमुख घिमिरेले पारिश्रमिक बापतको रकम गरीब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गरेकोमा प्रशंसा गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x