धादिङको गजुरी र गल्छीमा एनआईसी एसिया बैंकको शाखा

साउन २१, २०७५

काठमाडौं – एनआईसी एसिया बैंकले धादिङको गजूरी र गल्छीमा शाखा सञ्चालन गरेको छ ।

गजुरी गाउँपालिका–१ स्थित गजुरी शाखालाई गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत र गल्छी गाउँपालिका–७ स्थित गल्छी शाखालाई गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले उद्घाटन गरेका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।


ADVERTISEMENT

सर्वसाधारणले गरेको भरोसाले गर्दा मुलुकभर २ सय ३३ शाखा, २ सय २१ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत् सेवा प्रदान गरेर मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार १ सय ७४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ४९ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । कर्जातिर करीब १ सय २० अर्ब रुपैयाँसहित निजी क्षेत्रका बैंकमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

बैंकमा ग्राहकको संख्या करीब ११ लाख ७५ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सूचना अधिकारी पाण्डेले बताए । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रका ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाइएको छ ।

साउन २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस