×

NMB BANK
NIC ASIA

उधारो बीयर खाएर ‘साहुनी’कै छोरा अपहरण : १२ हजार तिर्नै बाँकी, उल्टै फिरौती मागेर हत्या !

साउन २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –चमेली खड्काको मोबाइल बिग्रिएको केही दिन भयो । मोबाइल बिग्रिएपछि समस्यामा परेकी चमेलीले आफ्नो पसलमा सधैँ खाना/खाजा खान आउने गोपाल तामाङलाई सस्तो खालको मोबाइल किनेर ल्याइदिन आग्रह गरिन् र पैसा दिएर छोरा निशानलाई साथ लगाएर पठाइन् ।

Sagarmatha Cement
Muktinath Bank

त्यसको केही समयपछि गोपाल र निशान भएर मोबाइल लिएर आए । ‘बिग्रिएको मोबाइलबाट सीमकार्ड झिकेर छोरा (निशान)ले नयाँ मोबाइलमा राखेको थियो,’ महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिन पुगेकी चमेलीले रुँदै भनिन्– ‘त्यसपछि छोरो बाहिर निस्किएको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपरिचित नम्बरबाट आएको फोन


Advertisment
Nabil box
Kumari

दिउँसो नयाँ मोबाइल सेटमा सीम हालेपछि चमेलीको फोन सुचारु भएको थियो । छोरा बाहिर गए पनि राति अबेरसम्म नआएपछि उनी आत्तिएकी थिइन् । करीब ९ बजे अपरिचित नम्बरबाट फोन आयो । फोन गर्नेलाई चमेलीले चिनिन् । फोन गर्नेले तेरो छोरो हाम्रो कब्जामा छ, ४० लाख दे ! भनेको उनले सुनिन् । त्यसपछि फोन काटियो । काटिएलगत्तै पुनः त्यही नम्बरबाट फोन आयो ।

Vianet communication
Laxmi Bank

फोन गर्नेले प्रहरीलाई खबर गरे जे पनि हुनसक्छ भनेर धम्की दियो ।

कक्षा ६ मा पढ्ने ११ वर्षीय छोरो अपहरणमा परेको र ४० लाख मागेपछि चमेलीको होश उड्यो । केही क्षणपछि उनले घटनाबारे प्रहरीलाई जानकारी गराइन् ।

चमेलीले जानकारी गराएपछि प्रहरीले निशानको खोजीलाई तीव्रता दियो । एकसय जना प्रहरीलाई निशानको खोजीमा खटायो । तर अपहरणकारीले अपहरणको कुरा प्रहरीसँग पुगेको जानकारी पाएको र आफूहरू सुरक्षित हुनका लागि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अपहण गर्नुभन्दा पहिला उधारोमा बीयर !

अपहरणमा संलग्न सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङले मनोहरामा रहेको चमेलीको पसलमा उधारोमा बीयर समेत खाएका थिए । ‘पसलमा केही सयमदेखि खाजा खान आउँथे,’ चमेलीले भनिन् ।

निशान अपहरणमा पर्नुभन्दा केही समय पहिला उनीहरू (अजय र गोपाल)ले चमेलीको पसलमा उधारोमा बीयर समेत खाएका थिए । चमेलीका अनुसार उनको पसलमा गोपाल (अपहरणकारी)ले १२ हजार रुपैयाँ उधारो तिर्न बाँकी छ ।

गोपाल नियमित खाजा खान आउने गरेको र बेलाबेलामा आउने अजयलाई उसले दाइ भन्ने गरेको चमेलीले बताइन् ।

आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी गरेको थियो । 

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका– ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले भने, 'सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर गर्‍यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।'

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x