जोजिजूको 'मनको ढोका'को म्युजिक भिडियो सार्वजनिक [भिडियोसहित]

साउन २२, २०७५

काठमाडौं – सुगम संगीतका स्थापित गायक रामभक्त जोजिजूले आफ्नो नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् ।

सोमबार साँझ इमेज च्यानलबाट प्रिमियर गरिएको मनको ढोका शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् । सोमबार साँझ नै यूट्युबमा अपलोड गरिएको आधुनिक शैलीको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङका कर्णप्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।


ADVERTISEMENT

निकेश खड्काद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलोपटक मोडलको रूपमा अभिनय समेत गरेका छन् ।

उनलाई लोकप्रिय अभिनेत्री वर्षा राउतले अभिनयमा साथ दिएकी छिन् । काठमाडौंको एउटा रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

यस्तो छ, मनको ढोकाको म्युजिक भिडियो :

साउन २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस