×

NMB BANK
NIC ASIA

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी शुरू गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको तिलोत्तमाले वडा नम्बर–७ स्थित सेमराबजार माविबाट विद्युतीय हाजिरी शुरू गरेको हो । विद्युतीय हाजिरी मेसिन क्रमशः सबै सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षक तथा कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ विद्यालयमा हाजिरीको आधुनिक प्रविधि अपनाइएको नगरपालिकाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

विद्युतीय हाजिरी मेसिन सुभारम्भ कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको हाजिरीलाई प्रविधिमैत्री बनाउन यस प्रकारको कार्यक्रम अघि सारिएको बताए । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले विभिन्न योजना अघि सारेको बताउँदै नगर प्रमुख घिमिरेले विद्यालयहरू प्रविधिमैत्री हुँदा काम छिटो–छरितो हुने उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

उनले आगामी दिनमा शिक्षण सिकाइ क्रियाकालपलाई समेत प्रविधिमैत्री बनाउने योजना नगरपालिकाको रहेको जानकारी समेत दिए । गुणस्तर सुधारले मात्र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले हाजिरी मेसिनको सदुपयोग गर्न र गुणस्तरीय शिक्षामा अनुकरणीय बन्न विद्यालय परिवारलाई आग्रह गरे ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले समग्र शिक्षाको सुधार अभियानमा विद्युतीय हाजिरी एउटा शुरूवात भएको उल्लेख गरे । नगरपालिका शिक्षा शाखा प्रमुख हरी ज्ञवालीले विद्युतीय हाजिरी मेसिनको महत्त्वका बारेमा प्रकाश गर्दै यसको प्रयोगले शैक्षिक सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक खेमराज पाण्डेले विद्यालयका गतिविधि तथा वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै नगरपालिकाको सोचअनुसार विद्युतीय हाजिरी मेसिनको बहुआयामिक प्रयोग गरिने बताए ।

कार्यक्रममा नगर प्रवक्ता सुरेन्द्र श्री, विद्यालय निरीक्षक सुदीप गिरी, सेमरा बजार मावि बिद्यालयका अध्यक्ष शंकर गुरुङ, आईटी अधिकृत सुदिप ढकाल लगायतले बोलेका थिए ।

यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो ३ वर्षभित्र नगरका सबै सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयका स्तरमा पु¥याउने लक्ष्य लिएको छ । यहीँ लक्ष्यअनुसार नगरपालिकाले बालविकास कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान शुरू गरेको छ ।

कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन ‘टिफिन’ समेत वितरण गरेको छ । नगर प्रमुख घिमिरेले आफूले प्राप्त हुने पारिश्रमिक रकम पनि छात्रवृत्तिमा लगाएका छन् । 

चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x