ʻपुच्छरले कुकुर हल्लाउनु प्रतिक्रान्ति र राजनीतिक दुर्घटनाको लक्षणʼ

साउन २३, २०७५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीका कारण मुलुकको राजनीति दुर्घटनाउन्मुख रहेको दाबी गरेको छ ।

बुधवार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सत्तारुढ दल नेकपाको सरकारले देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाएका हुन् । उनले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गर्नुले गम्भीर राजनीतिक दुर्घटनाको संकेत गरेको बताएका हुन् ।


ADVERTISEMENT

ʻकुकुरले पुच्छर हल्लाउनु स्वभाविक हो, तर पुच्छरले कुकुर हल्लाउन थाल्छ, यो राजनीतिमा अशुभ लक्षण हो । नेपाली राजीनीतिमा केही गम्भीर खालका नहुनु पर्ने काम भएका छन् । यो दुर्घटनाको लक्षण देखिन्छ, नेपालको राजनीतिमा पुच्छरले कुकर हल्लाउँछ,ʼ संसदीय सुनुवाइ विशेष समितिका सदस्य समेत रहेका सांसद देवले भने, ʻअहिले जे घटनाक्रम भइराखेका छन् । सरकार या प्रधानमन्त्रीलाई यो लाग्दो हो, क्रान्तितिरको पाइला हो । तर होइन, यो भ्रन्ति हो । क्रान्ति होइन प्रतिक्रिन्तितिर लैजान सक्छ ।ʼ

सांसद देवले दीपकराज जोशीको प्रमाणपत्रको जाँचबुज नगरी र स्पष्टीकरणको मौका नदिई अस्वीकृत गरिएको गरिनु आपत्तिपूर्ण रहेको बताए ।

ʻसंसदीय सुनुवाइ समिति कसैको प्रमाणपत्रको आधिकारिकता गर्ने निकाय हो ? या प्रमाणित गर्ने निकायमा पठाउनु पर्ने अन्यथा संवैधानिक परिषद्मा रिभ्युको लागि पठाउनुपर्थ्यो । बहुमत र गणितको दम्भमा अस्वीकृत गरियो,ʼ सांसद देवले भने, ʻअध्यक्षज्यू, गणितले राजनीति चल्दैन । २०१५ सालमा बीपीको सरकार दुईतिहाइले बनेको थियो, एकल बहुमत । तर २०१७ सालमा दुर्घटना भयो ।ʼ

सांसद देवले दीपकराज जोशीले मेरो सर्टिफिकेटको जाँच होस् भनेर माग गरेकाले अविलम्ब जाँच गर्न माग गरे ।

साउन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस