विप्लव नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

साउन २३, २०७५

काठमाडौं–विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विक(प्रकाण्ड)लाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाण्डलाई निर्वाचनमा विस्फोट तथा चन्दा संकलको आरोपमा पक्राउ गरिएको हो । 


ADVERTISEMENT

२०६८ सालमा उनी पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेका थिए । विप्लव नेतृत्वको नेकपाले स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको निर्वाचन वहिष्कार गरेको थियो भने केही स्थानमा निर्वाचन विरोधी गतिविधि, वम आक्रण समेत गरेको थियो । 

प्रवक्ता प्रकाण्डलाई प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोले पक्राउ गरेको हो । 
 

मंगलबार नेकपाका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए। केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु कृष्ण धमला, मोहन कार्की, पदम राई र ओमप्रकाश पुन पनि पक्राउ परेका थिए। उनीहरुको पक्राउको विरोधमा हिजोमात्र प्रकाण्डले विज्ञप्ति जारी गरेका थिए ।

साउन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस