ग्लोबल आईएमई बैंकका ग्राहकलाई दीर्घायू गुरू अस्पतालमा १२% छुट

साउन २३, २०७५

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई दीर्घायू गुरू अस्पताल एवं रिसर्च सेन्टरले १२ प्रतिशत छुट दिने भएको छ ।

बैंक र अस्पतालबीच बुधवार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंंकले ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग द्विपक्षीय सम्झौता गरेको हो ।


ADVERTISEMENT

सम्झौता पत्रमा दीर्घायू गुरू अस्पताल एवं रिसर्च सेन्टरका प्रबन्ध निर्देशक सुरज बला श्रेष्ठ र ग्लोबल आईएमई बैंकका कार्ड वितरण विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबल आईएमई बैंकले ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गर्दै आएको छ ।

सम्झौता पश्चात् चावहिलस्थित अस्पतालमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १ सय ३१ शाखा, १ सय ३४ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

साउन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस