मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, ठेकेदार भन्छन्–१५ दिनमा खाल्डाखुल्डी रहँदैन

साउन २४, २०७५

काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले जोरपाटी साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् । 

विहीवार चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन् । 


ADVERTISEMENT

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल,  मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुन अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्ने बताए । 

निर्माणको जिम्मा पाएका ठेकेदारले भने,‘अब हजुर १५ दिन पछि आउँदा खाल्डाखुल्डी पुरिने छ ।’

नेता नेपालले सडक निर्माणका क्रममा एउटा निकायले अर्को  निकायलाई देखाएर पन्छन खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई देखाएर कोही पनि उम्कन नापाउने बताए । 

नेता नेपालले भने,‘सडक निर्माणमा सम्बन्धित सडक विभाग, विद्युत प्राधिकरण, ढल व्यवस्थापन गर्ने सबैले समन्वय गर्न आवश्यक छ’ नेता नेपालले भने,‘त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुन जरुरी छ ।’

यो पनि पढ्नुहोस्- वर्षा लाग्दै गर्दा चाबहिल–जोरपाटीका सर्वसाधरणको पिर–सडकमा धान रोप्ने कि गाडी कुदाउने !

मन्त्रीज्यू,हिलोमै फोटो खिचाउन पर्ने भए जोरपाटी गए हुन्न ? [फोटोफिचर]

सडक निर्माणका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाई भएको निर्माण व्यवसायीले बताएपछि नेता नेपालले सम्बन्धित सवै पक्षलाई राखेर तत्काल कामको निर्देशन दिएका थिए । 

स्थानीयवासीले भने नेता नेपालले अनुगमन गर्ने भएपछि ठेकेदारले हिजो(बुधबार) खाल्डाखुल्डी पुर्ने र सडक सफा गर्ने कार्य गरेको भन्दै अनुगमन हल्ला नगरि गर्न सुझाव दिए । 

पहिला दुई वटा घरका कारण निर्माणको काम रोकिएको भएपनि अहिले उक्त घरहरु भत्किएको र अव निर्माणको कम तिव्ररुपमा अघि बढ्ने ठेकेदारले आश्वासन दिए । 

तस्वीर/भिडियो- राजेश राईको फेसबुकबाट

साउन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस