×

NMB BANK
NIC ASIA

थाइल्यान्डमा बन्दैछ भव्य राम मन्दिर

साउन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डको अयुथ्यामा भव्य राम मन्दिर निर्माण शुरू गरिएको छ । 

राम जन्मभूमि निर्माण न्यास ट्रस्टका अध्यक्ष महन्त जनमेजय शरणले बताएअनुसार, भारतको अयोध्यामा राम मन्दिर निर्माण विवादित भइरहँदा रामभक्तहरूले थाइल्यान्डमा मन्दिर निर्माण थालेका हुन् । 

बुधवार अयुथ्यामा राम जन्मभूमि निर्माण ट्रस्टले भूमि पूजन र धार्मिक अनुष्ठान गरेपछि राम मन्दिर निर्माण शुरू भयो । 

बैंककमा राम मन्दिरको निर्माण भएपछि भगवान् रामको विचारधारा भारतबाहिर पनि प्रचारप्रसार हुने अध्यक्षले बताए । राम मन्दिर चाव फ्राया नदीको किनारमा हुनेछ र यो शहरको केन्द्र भागमा छ । 

दक्षिणपूर्वी एसियाको बौद्धबहुल देश थाइल्यान्डमा हिन्दू धर्मप्रति आस्था देख्न पाइन्छ । थाइल्यान्डका मानिस हिन्दू मन्दिर र देवतामा गहिरो आस्था राख्छन् र आफ्ना राजालाई पनि रामको वंशज मान्छन् । 

थाइ संस्कृति एवं साहित्यमा रामायण र मर्यादापुरुषोत्तम रामको चर्चा छ । त्यहाँका राजाहरू पहिलेदेखि नै आफ्नो नाममा राम जोड्थे । 

अठारौं शताब्दीमा बर्माका सैनिकहरूले शहर कब्जा गरेपछि नयाँ शासकको उदय भयो । उनले आफूलाई राम प्रथम भने र एक शहर स्थापना गरे । त्यसैलाई बैंकक पनि चिनिन्छ । 

तिनै राजाले राम कियेन लेखे जसलाई स्थानीय भाषामा रामायण भनिन्छ । उनले यसलाई राष्ट्रिय महाकाव्यको दर्जा दिए । 

थाइल्यान्डमा राम कियेनमा आधारित नाटक र कठपुतली प्रदर्शन धार्मिक कार्य मानिन्छ । 

राम कियेनमा फ्र राम, फ्र लक (लक्ष्मण), पाली (बाली), सुक्रीप (सुग्रीव), ओन्कोट (अंगद), खोम्पुन (जाम्बवन्त), बिपेक (विभीषण), तोतस कन (दशकण्ठ रावण), सदायु (जटायु), सुपन मच्छा (शूर्पणखा) जस्ता चरित्र भेटिन्छन् ।
थाइल्यान्डमा हिन्दू देवीदेवता र उनीहरूसँग जोडिएका प्रतीक अनेकौं ठाउँमा भेटिन्छन् । थाइल्यान्डको राष्ट्रिय चिह्न नै गरुड हो । राजधानी बैंककको विमानस्थलको स्वागत हलभित्र समुद्र मन्थनको भव्य दृश्य छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x