×

NMB BANK
NIC ASIA

नेपालमा रेलको नालीबेली : निर्माणदेखि सञ्चालनसम्म भारतकै भर

साउन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – विगत ५ वर्षदेखि अवरुद्ध रहेको जनकपुर–जयनगर रेल सेवा केही महिनाभित्रै सञ्चालन हुने भएको छ । २ नम्बर प्रदेशको जनकपुरदेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्न बुधवार रेलको लीग परीक्षण गरिएको छ ।

Muktinath Bank

परीक्षणका क्रममा आगामी पुसभित्र नियमित रेल सेवा सञ्चालन गर्ने तयारी भइरहेको घोषणा गरिएको छ । तर, अधिकांश नेपाली भूभागमा चल्ने रुटका लागि नेपालसँग आफ्नो रेल छैन । नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उदय भएपछि ‘रेल सपना’ चर्चित हुँदै बहसको विषय बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेल सपनाको बहस व्यापक रुपमा भएपनि रेल सञ्जाल निर्माण, रेल खरिद लगायतको काम हुन सकेको छैन । जनकपुर–जयनगर रेल पुनः सञ्चालन र निर्माणका लागि पूरै भारतको भर पर्नुपरेको छ । बुधवार नेपाल रेल्वेको लागि निर्माणाधीन जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बर्दिवास खण्डमा निर्माण भइरहेको रेल लीगमा भारतीय इन्जिन सहितको रेल बोगी गुडाइएको छ ।


Advertisment
Nabil box
Kumari

भारतले बनाएको लीग सञ्जाल

Vianet communication
Laxmi Bank

बुधवार भारतको जयनगरदेखि २ नम्बर प्रदेशको धनुषा जिल्लास्थित जनकनन्दनी गाउँपालिकाको खजुरीसम्म साढे ८ किलोमिटरसम्म रेल गुडाइएको छ । नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाले बिछ्याइएको रेलको लीग (ट्रर्याक) परीक्षणका लागि भारतीय रेल गुडाइएको बताए ।

‘रेल निर्माणका ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले रेल इन्जिनसहित ५३ वटा बोगी रेल गुडाएर लीगको परीक्षण गरेको थियो । जुन परीक्षण सफलतापूर्वक सम्पन्न भयो,’ इन्जिनियर ओझाले लोकान्तरसँग भने । 

केही महिनापछि भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै कुर्थासम्म ३५ किलोमिटरको लीगमा रेल सञ्चालन हुनेछ । १८ अक्टोबर २०१८ सम्म ३५ किलोमिटर रेल सञ्जालका भौतिक पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको छ । ‘९० प्रतिशत जति निर्माण कार्य सम्पन्न भइसकेको छ,’ ओझाले भने, ‘आउँदो डिसेम्बर २०१८ सम्म रेल सेवा विधिवत् रूपमा सञ्चालनमा आउने छ ।’

रेलका लागि भारतकै भर

तत्कालै रेल र इन्जिन किन्न सम्भव नहुने तथा रेल इन्जिन तथा बोगी निर्माण गर्ने कम्पनीलाई पहिले नै माग गर्नुपर्ने इन्जिनियर ओझाले बताए । ‘माग गरेको एक–डेढ वर्षमा मात्र इन्जिन तथा बोगी निर्माण हुन सक्छ,’ उनले भने, ‘अहिलेको लागि रेल इन्जिन र बोगी लिजमै लिएर सञ्चालनमा ल्याउने रेल विभागमा छलफल चलिरहेको छ ।’

मन्त्रालयले तत्काल लिजमै भएपनि रेल सञ्चालनमा ल्याउने गरी भारतीय पक्षसँग छलफललाई तीब्रता दिएका उनले बताए । ‘आउँदो डिसेम्बर (पुस) पछि जसरी पनि रेल सेवा सञ्चालनमा आउने छ,’ उनले भने ।

रेल सञ्जाल कता–कता ?

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लीग निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत जयनगरबाट प्रदेशको राजधानी जनकपुरधामको दूरी २९ किलोमिटर छ ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३४ किलोमिटर रेल २०१८ अक्टोबरसम्म सञ्चालनमा आउने इन्जिनियर ओझाले बताए । दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर निर्माण कार्य पनि द्रूत गतिमा अघि बढेको छ । तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा जग्गा अधिग्रहण विवादका कारण निर्माण कार्य प्रभावित भइरहेको जनाइएको छ ।

भारतीय निर्माण कम्पनी इरकोनका अधिकारी रवि सहायले कुर्था–भंगहा बीचको लेउरी गाउँमा जग्गा अधिग्रहण सम्बन्धी समस्या अझै समाधान हुन नसकेको बताए । भंगहादेखि बर्दिवास बीचको जग्गा अधिग्रहणसम्बन्धी समस्या समेत समाधान भएको छैन । 

‘नेपाल सरकारले २०१८ जुलाईसम्म जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । जग्गा प्राप्त हुने बित्तिकै हामी ठेक्का बन्दोबस्त गर्छौं । वर्षात् लगत्तै तेस्रो चरणको निर्माण कार्य पनि शुरू हुन्छ,’ अधिकारी सहायले भने ।

जयनगरदेखि बर्दिवाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको इन्जिनियर ओझाले बताए । ‘जयनगरदेखि कुर्थासम्म ३४ र कुर्थादेखि भंगाहा बिजलपुरासम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण सम्पन्न हुँदैछ,’ उनले भने, ‘बिजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटर रेल्वे मार्ग सम्पन्न हुन थप ३ वर्ष लाग्ने अनुमान छ ।’ 

जिल्ला प्रशासन कार्यालय धनुषाले करीब ३१ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरेको छ । ‘आगामी अक्टोबर (कात्तिक) सम्म जयनगरदेखि कुर्थासम्म रेल गुड्न सक्ने अवस्थामा रेल्वे लाइन बिछ्याउने काम सम्पन्न हुन्छ । भारतले सिभिल कन्स्ट्रक्सनको काम सकेर नेपाललाई रेल्वे लाइन हस्तान्तरण गर्नेछ,’ इन्जिनियर ओझाले भने ।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ । जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ । लीगमा पर्ने अधिकांश पुलपुलेसा निर्माण भइसकेका छन् । जयनगर, इनरुवा, खजुरी, महिनाथपुर, बैदेही, परवाहा, जनकपुरधाम र कुर्था सहितका रेल्वे स्टेसनको भवन, कर्मचारी आवास आदिको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । 

धनुषाको कपिलेश्वर (जनकपुरभन्दा पूर्व) देखि बिजुलपुरासम्म (२४ किलोमिटर) को माटो पुर्ने तथा पुलपुलेसाको निर्माण गरिरहेको नेपालकै निर्माण कम्पनी रमण कालिका इन्टरप्राइजेजका सञ्चालक बलराम महतोले अधिकांश काम सम्पन्न भइसकेको दावी गरेका छन् । उनले भने, ‘हामी समयमै काम सकाउने छौं ।’

सम्झौता अनुसार जनकपुरदेखि विजुलपुरासम्म रेल सेवा २०१६ मेसम्म सञ्चालन गर्नुपर्ने थियो । तर, आन्तरिक तथा बाह्य कारणले झण्डै अढाई वर्ष ढिलो गरी रेल सेवा सञ्चालन हुने देखिएको छ ।

जग्गा अधिग्रहण समस्या समाधान नभएसम्म तेस्रो चरणको योजना सञ्चालन गर्न कठिन हुनेछ । भारतीय कम्पनी इरकोनका अधिकारी रवि सहायले जनकपुरको अस्तव्यस्त सडक तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित समयमा काम पूरा गर्न नसकिएको बताए । 

५ वर्षअघि जनकपुरबाट जयनगर रेल सेवा बन्द

५ वर्षअघि जनकपुरबाट जयनगरसम्म जाने न्यारोगेज रेल बन्द भएको थियो । विक्रम सम्वत् १९९४ सालदेखि जनकपुर–जयनगर रेल चल्दै आएको थियो । विगतमा जयनगरबाट बिजलपुरासम्म रेल चल्थ्यो । रेल सेवा बन्द भएका कारण लाखौं यात्रु प्रभावित बनेका छन् ।

८ स्टेसन र ६ वटा हल्ट

जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गमा ८ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ वटा स्टेसन रहेको छ । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट रहेको छ ।

स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लीग रहने छ । जयनगरमा ४ लाइन, इनरुवामा ५ लाइन, खजुरीमा ३ लाइन, कुर्थामा ५ लाइन, वैदहीमा ३ लाइन, जनकपुरमा सिंगल लाइन रहने छ ।

जयनगरदेखि बिजलपुरासम्म रेलमार्ग निर्माण अन्तिम चरणमा रहेपनि बिजलपुरदेखि बर्दिवाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ । 

नेपाल रेल्वेको इतिहास

विक्रम सम्वत् १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो ।

तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए । शुरूमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।

२०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रुपमा थियो जनकपुर रेल्वे । २०५१ सालदेखि भारत सरकारको सहयोगमा १८ बोगीसहित ४ वटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो । 

२०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।

जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू समेटेर सरकारलाई रिपोर्ट बुझाएको थियो । जसमा ७५ प्रतिशत रेल्वे ‘स्लीपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्यूनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो ।

समयमै मर्मत सम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो । रेल्वे व्यवस्थापनले सरकारलाई लिखित रूपमा बुझाएका सुझाव सरकारले थन्क्याएर राखेको छ । हालसम्म सुधारको कुनै चासो देखाएको छैन ।

सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लीगलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र  ५ फिट ६ इन्च चौडा भएको लीगलाई ‘ब्रोडगेज’ भनिन्छ । लीगको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । ब्रिटिस सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको हो ।

जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास रेल सेवा सञ्चालनमा आएपछि कलकत्ता बन्दरगाहबाट काठमाडौंको दूरी १ सय ३० किलोमिटर घट्ने छ । जयनगर–बर्दिवास रेल सेवा सञ्चालन भएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ ।

जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभंगा महाराज (भारत स्वतन्त्र हुनु पूर्वका राजा) सँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो । दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालित रहेसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ ।

पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि विगत ८१ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेल सेवा झण्डै ५ वर्षदेखि बन्द छ । सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मै भई सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ । तर, रेल विस्तार तथा स्तरोन्नति कार्यले स्थानीय वासिन्दा हर्षित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x