×

NMB BANK
NIC ASIA

भगवान श्रीकृष्ण र अर्जुनबीच भएको थियो भीषण युद्ध, कसले जित्यो ?

साउन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान श्रीकृष्ण तथा अर्जुन दुई शरीर एक प्राण मानिन्छन् । धर्मशास्त्रहरुका अनुसार पूर्वजन्ममा भाई थिए र उनीहरुको नाम नर(नारायण थियो । दुबै भगवान विष्णुका अंश मानिन्छन् ।

Muktinath Bank

महाभारत को महायुद्ध मा श्रीकृष्णले सारथी बनेर पाण्डवको जीत दिलाएका थिए । तर एक पटक यस्तो अवस्था आयोकी अर्जुन र श्रीकृष्ण रणभूमि मा आमुने(सामुने भए र महायुद्ध हुन थाल्यो । यो युद्ध मा कसको भयो जीत के भयो युद्धमा थाहा पाउनु भएको छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महर्षि गालवको क्रोध का कारण समस्या


Advertisment
Nabil box
Kumari


महाभारत युद्ध पछिको कुरा हो , महर्षि गालव विहानको समयमा नुहाएपछि सूर्यलाई जल अर्पण गरिरहेका थिए । त्यसै समय वायु मार्ग हुँदै गइरहेका गंधर्व चित्रसेनको थुक महर्षिको अन्जुलीमा पर्यो । 

Vianet communication
Laxmi Bank

जसका कारण महर्षि गालव निकै रिसाए । उनी स्वयंले चित्रसेनलाई श्राप दिएनन् र सजाय दिलाउनका लागि श्रीकृष्णको दरबारमा पुगे । महर्षिको कुरा सुनेर उनलाई आदर गर्दै श्रीकृष्णले २४ घन्टा भित्र चित्रसेन को वध गर्ने वचन महर्षिलाई दिनुभयो ।

नारद मुनिको भूमिका

उता जब यो कुरा नारद मुनिले थाहा पाए तव उनी, चित्रसेन भएको ठाउँमा पुगे र जो दान पुण्य गर्न चाहन्छौं गर किनकी स्वयं श्रीकृष्ण केही घन्टामा तिमीलाई मृत्युद्वारमा पठाउने छन् । 

यो सुनेर चित्रसेन डराए र तीन लोकमा शरण माग्न थाले । तर कसैले पनि उनलाई शरण दिएनन् । 

अन्तिममा गन्धर्व आफ्नो परिवारसहित नारदजीको शरणमा पुगे । उनले केही उपाय दिन भने । गंधर्व को अनुनय सुनेपछि नारदजीको मन पग्लियो र उनले उपाय दिए । 

उनले चित्रसेनलाई आफ्नो परिवारसहित आधा रात मा यमुना को किनारमा बसेर विलाप गर्ने सल्लाह दिए । एक महिला त्यहाँ आउने र तिम्रो विलाप सुनेपछि कारण सोध्नेछिन् तर तिमीले सहायता दिने भए मात्र भन्छु भन्नु र उनी तयार भए मात्र भन्नु । यो सल्लाहलाई चित्रसेनले माने । 


फेरि नारदजी श्रीकृष्ण की बहिनी तथा अर्जुनकी पत्नी देवी सुभद्रा भएको ठाउँमा पुगे । त्यसपछि नारदले आजको दिन निकै शुभ दिन भएको बताए । आजको मध्य रातिमा यमुनामा स्नान गर्ने र दीन दुखीलाई सहायता गर्दा अक्षय लाभ हुने बताए । यसपछि सुभद्रा राति आफ्ना साथीहरुसहित यमुनामा नुहाउन गइन् । 

त्यहाँ उनले विलाप गरिरहेका गन्धर्वका परिवार देखिन् । त्यसपछि उनलाई अक्षय लाभ गर्ने इच्छा जाग्यो र उनले दुखको कारण सोधिन् । तर गंधर्वले तेतिवेला सम्म केही बेताएनन् जब सम्म सुभद्रा ले सहायता को प्रण गरिनन् । तर जब सुभद्राले गंधर्वबाट सबै कुरा सुनिन् सुभद्रा धर्मसंकटमा परिन् । त्यसपछि उनी महलमा गइन् र अर्जुनलाई सबैकुरा बताइन् । 

श्रीकृष्ण का शत्रुलाई अर्जुनले दिए शरण

त्यसपछि अर्जुनले पत्नी सुभद्रालाई चिन्ता नलिन भने । चित्रसेन आफ्नो शरणमा रहेकोले उनको रक्षा गर्नु आफूहरुको कर्तव्य भएको बताए । 

उत देव ऋषि नारद श्रीकृष्ण भएको ठाउँमा गए  । उनले कृष्णलाई बताए कि प्रभु तपाई  गंधर्व चित्रसेनको बध गर्ने तयारीमा हुनुहुन्छ तर स्वयं तपाईका प्रिय अर्जुनले उसलाई आफ्नो संरक्षणमा राखेका छन् । त्यसपछि कृष्णले अर्जुनलाई सम्झाउन नारदलाई जिम्मेवारी दिन्छन् । नारद जी अर्जुन भएको ठाउँमा पुगेर श्रीकृष्ण को संदेश सुनाउँछन् । 

त्यसपछि अर्जुनले आफू श्रीकृष्ण को भक्त भएको बताउँछन् र आफूलाई क्षत्रिय धर्म सिकाएको र उनका अनुसार आफ्नो शरणमा आएको व्यक्तिको रक्षा गर्ने बताए । 

स्वयं शिव भगवान हुनुपर्‍यो प्रकट

अर्जुन र श्रीकृष्ण युद्ध भूमि मा आमुने सामुने थिए । दुबै बीच भीषण युद्ध हुन लाग्यो श्रीकृष्णले सुदर्शन चक्र छोड्दा अर्जुन ले पाशुपातास्त्र छोडे । 

यसरी विष्णु र शिवका अस्त्र आमने सामने भए । अर्जुनले पाशुपातास्त्र शिवजी को तपस्या गरेर प्राप्त गरेका थिए ।

प्रलय आउने भएपछि महादेव स्वयं युद्धभूमिमा प्रकट भए । उनले दुबै अश्रलाई रोके । फेरि शिवजी भगवान श्रीकृष्णभएको स्थानमा पुगेर उनको आराधना गर्न लागे । भगवान शिवले भन्नुभया ‘प्रभु तपाई भक्तको रेखदेख गर्नेवाला हुनुहुन्छ, तपाई भक्तलाई खुसी राख्नेवाला । भक्तलाई खुशी राख्नका लागि वेद, पुराण तथा शास्त्रका साथ आफ्नो प्रतिज्ञालाई पनि भुल्नु हुन्छ । यस्तो हरजारौं पटक भएको छ भगवन अब त यो लीला समापन गर्नुहोस्।’ भगवान शिव नै प्रकट भएर आग्रह गरेपछि भगवान श्रीकृष्णले अर्जुसँग अंकमाल गर्नुभयो र युद्धलाई विराम दिनुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x