आफूलाई उडाएको भन्दै कपिलसँग रिसाए शत्रुध्न सिन्हा

साउन २४, २०७५

बलिउड अभिनेता शत्रुध्न सिन्हा हाल सालै आफ्नो नक्कन गर्ने बलवीर सिंहका कारण चर्चामा थिए, जो केही वर्षपहिले  शत्रुध्न सिन्हाजस्तै बनेर संसदमा प्रवेश गर्ने कोशिश गरिरहेका थिए ।

तर यो मामला पुरानो हो तर हालसाल फेरि यो प्रकरण चर्चामा रहेको छ । अब शत्रुध्न सिन्हाले वलवीरबारे आफ्नो राय राख्ने क्रममा कपिशल शर्मा सम्म पुगेका छन् । 

बलिउडमा शत्रुध्न सिन्हाको खास पहिचान छ । उनले दिने डाइलग, उनको लुक्सको अलगै पहिचान रहेको छ । 

बलिउडमा दोस्ताना, कालीचरण, लोहा, प्रेम पुजारी जस्ता चर्चित फिल्ममा उनी जमिसकेका छन् । 

अभिनेताबाट राजनीतिज्ञ बनेका शत्रुध्नलाई लिएर मानिसहरुले नक्कल गर्ने गरेका छन् ।

उनले कपिल शर्माले पनि एक शो को क्रममा आफ्नो नक्कल गरेर हद पार गरेको र आफ्नो मजाक उडाएको बताएका छन् । एक अन्तवार्ताका क्रममा उनले हरेक विषयको सीमा हुने भन्दै आफ्नो चरित्रको गलत ढंगमा प्रयोग

गरेकोमा आपत्ति जनाएका हुन् । कपिलले एक शोको क्रममा आफ्नो मजाक उडाएको र यो विषयमा आफ्नी छोरीले कपिललाई गाली गरेको उनले सुनाए ।
 

साउन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस