×

NMB BANK
NIC ASIA

३५ महिनापछि बल्ल तोकिएको टीकापुर घटनाको पहिलो पेशी सर्‍यो

साउन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीवार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ ।

Muktinath Bank

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएको हो । ‘श्रीमान ज्यू (न्यायाधीश पर्शुराम भट्टराई) को स्वास्थ्य समस्याका कारण काठमाडौं जानुभएको थियो । उहाँ आजै फर्केपनि सुनुवाइ हुन सकेन,’ अदालतका नायव सुब्बा भानुभक्त पाण्डेले भने, ‘आज हुने भनिएको पेशी अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेकाले पेशी सरेको छ ।’ उनले आज हुने भनिएको पेशी साउन ३० गते बुधवार हुने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दाको प्रतिवादी तर्फबाट वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीका अनुसार ३० गते हुने पेशीमा अदालतले साक्षी आदेश जारी गर्ने बताए । अदालतले वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुने बताए ।


Advertisment
Nabil box
Kumari

उनले टीकापुर घटनाको मुद्दा नियमित पेशीमा चढेकाले अब चाँडै नै किनारा लाग्ने समेत दाबी गरे । आवश्यक सबै प्रमाण संकलन भएको अवस्थामा २ महिनामा नै मुद्दाको किनारा लाग्ने समेत अधिवक्ता केसीले ठोकुवा गरे ।

Vianet communication
Laxmi Bank

आज हुने भनिएको पेशी सरेपछि टीकापुरका स्थानीयहरू असन्तुष्टि जनाएका छन् । टीकापुर नगरपालिका नगरपालिका–९ का स्थानीय टीकाराम चौधरीले ३ वर्ष पूरा हुनै लाग्दासम्म पनि सुनुवाइ नहुनु बिडम्बना रहेको बताए ।

अदालतले आफैं तोकेको पेशी पनि सार्नु भनेको गम्भीर षड्यन्त्र भइरहेको बताए । हालसम्म घटनाका अभियुक्तलाई पुर्पक्षकै लागि कारागारमा राखेको बताउँदै उनले दोषीलाई कारवाही र निर्दोष व्यक्तिलाई स–सम्मान न्याय दिनुपर्ने माग गरे ।

थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो भने त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी गरिएको समयमा सयौं थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै थारु नेता तथा सार्वसाधारणलाई पक्राउ गर्‍यो । हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । १ नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x