२ वर्षमा ७ करोड भ्रष्टाचार गरेको आरोप लगोका ढकाल जेल चलान

साउन २४, २०७५

काठमाडौं– सेवा प्रवेश गरेको छोटो अवधिमै करौडौं रकम भ्रष्टाचार गरेको आरोप लागेका उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् ।

विशेष अदालतले बिहीवार ढकाललाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीशहरु चण्ढीराज ढकाल, प्रमोद बैद्य र नारायणप्रसाद पोखरेलले इजलासले ढकालललाई थुनामा राख्ने आदेश दिएको हो । 

वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई नियन्त्रणमा लिएको थियो । 

गत वैशाख १२ गते पक्राउ परेका ढकालमाथि छानबिन गर्दा २ वर्षको अवधिमा उनले ७ करोड रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले गत आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
 

साउन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस