काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले नेपालको कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न म्यान्मारका व्यवसायीलाई आग्रह गरेको छ ।
म्यान्मारको व्यापारिक प्रतिनिधिमण्डल र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच आज भएको छलफलमा दुईपक्षीय व्यापार प्रवद्र्धनका लागि आग्रह गरिएको हो ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल– म्यान्मार व्यापारलाई थप प्रवद्र्धन गर्न कृषि, पर्यटन र जलविद्युत्मा म्यान्मारका निजी व्यवसायीलाई लगानी गर्न अनुरोध गरेका संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले म्यान्मारका अधिकांश जनताले बुद्ध धर्मलाई अनुशरण गर्ने भएको र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएकाले धर्म र संस्कृतिका माध्यमबाट पनि दुई देशलाई जोड्न सकिने बताए ।
सो अवसरमा म्यान्मारको व्यापारिक प्रतिनिधिमण्डलका प्रमुख यू को को लाटले नेपाल गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट संसारमै चर्चित रहेको नेपालमा व्यापार प्रवद्र्धन मात्र नभई यहाँको बहु–आयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिनसक्नेमा जोड दिए ।
थप समाचार
- नयाँ बर्षमा घुम्न जाने योजना छ ? यी हुन काभ्रेका गन्तव्यस्थल
- यस्तो देखियो माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तस्वीरहरु)
- स्थानीय सरकारको साहसिक निर्णय : जग्गा प्लटिङमा रोक !
- भाग्यमानी हुन्छन् त्यस्ता मानिस, जसको हातमा यस्तो ‘अक्षर’ हुन्छ
- बिच्छीको विषको मूल्य एक अर्ब रुपैयाँ, यस काममा हुन्छ उपयोग !
- टन्सिलबाट आराम पाउन यी घरेलु उपाय गर्नुस्
ताजा समाचार
- पत्नीको हत्या गरेपछि टाउको लिएर थाना पुगे यी व्यक्ति
- पुलवामा आक्रमणको बारेमा थाहा पाएपछि पनि मोदी फिल्मको शूटिङमा व्यस्त रहेको कांग्रेसको आरोप
- सांसद वलीको निधन : उदीयमान नेतृत्वको आकस्मिक अवसान !
- अधिकृतले चौकीदारसँग घूस लिएपछि ....
- गगन थापालाई गोकुल बाँस्कोटको जवाफ– पूर्वाग्रहलाई के भन्न सकिन्छ, सलाम छ हजुर !
प्रतिक्रिया दिनुहोस