इंग्लिश प्रिमियर लिग आजबाट शुरु हुँदै, पहिलो खेलमा म्यान्चेस्टर र लेस्टर भिड्ने

साउन २५, २०७५

काठमाडौं– इंग्लिश प्रिमियर लिग फुटबल आजबाट शुरु हुँदैछ । म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा आज राति हुने पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने छन् । 

यही खेलबाट प्रिमियरसिपको नयाँ सिजनको औपचारिक थालनी हुँदै छ । यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वान्डरर्स रहेका छन् ।

गत सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली इंग्लिश फुटबलको शीर्ष डिभिजनमा उक्लिएका हुन् । यो सिजनको प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले आइतबार आर्सनलसँग खेल्नेछ । 

यसैगरी चेल्सीले हडर्सफिल्ड टाउनको सामना गर्दा लिभरपुल र वेष्ट ह्याम युनाईटेड आपसमा भिड्नेछन् । 
 

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस