नेपाली यू–२३ फुटबल टिम दोस्रो अभ्यास खेलमा आज थाइल्यान्डसँग खेल्दै

साउन २५, २०७५

काठमाडौं– नेपाली यू–२३ टिमले आज थाइल्यान्डको यू–२३ फुटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको यो दोस्रो अभ्यास खेल हो ।

आज साँझ हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । खेल थाम्मासत युनिभर्सिटीको खेल मैदानमा हुने छ । 

यसअघि नेपाल पहिलो अभ्यास खेलमा स्थानीय क्लब पुलिस टेरो क्लबसँग १–० गोलले पराजित भएको थियो । एसियन गेम्स को तयारीको लागी १० दिने बैदेशिक प्रशिक्षणका लागि नेपाली टिम थाइल्यान्ड पुगेको हो । थाइल्यान्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । 

एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल रहेको समूह डी मा जापान, भियतनाम र पाकिस्तान रहेको छ ।

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस