प्रदेश ५ का सांसदले प्रधानमन्त्री भेट्दै

साउन २५, २०७५

काठमाडौं – प्रदेश नम्बर ५ का सांसदहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा दिउँसो ३ बजे सांसदहरूसँगको भेटघाट कार्यक्रम रहेको छ ।

भेटमा प्रदेश ५ को समग्र विकास, प्रदेशको स्थायी राजधानी तथा नामाकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । 

सरकारको काम कारबाहि तथा संसदीय गतिविधिमा सांसदहरुको भूमिका लगायतका बिषयमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देश गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले यसअघि प्रदेश २, ३ र गण्डकी प्रदेशबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिसक्नुभएको छ । 

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस