नेकपा अध्यक्ष प्रचण्डले अर्को महिना भारतको भ्रमण गर्ने, दिल्लीबाट फर्के लगत्तै चीन
काठमाडौं–प्रमुख सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने भएका छन् । १० दिनको अन्तरलामा प्रचण्डले दिल्ली र बेइजिङ भ्रमण गर्ने तयारी गरिरहेका छन् ।
नेकपा स्रोतका अनुसार प्रचण्ड सेप्टेम्वर ७ अर्थात भदौ २२ गते भारतको राजधानी दिल्ली जानेछन् । दिल्लीबाट फर्के लगत्तै १७ सेप्टेम्बर अर्थात १ असोजमा उनी चीन भ्रमणमा जाने तयारी गरेका छन् । यद्यपि भ्रमणको तालिका गोप्य राखिएको छ ।
भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस्तै चीन भ्रमणमा रहँदा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट्ने तयारी छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि प्रचण्डले छिमेकी राष्ट्रको भ्रमण गर्न लागेका हुन् । नेकपा नेताहरुकाअनुसार प्रचण्डको भ्रमण मुलतःदुई देशबीचको सम्बन्ध विस्तार र नेपालले लिएको आर्थिक समृद्धिको एजेण्डामा छिमेकीको सद्भाव जुटाउनु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भ्रमणका क्रममा भएका सहमति कार्यान्वयका लागि वातावरण सहज बनाउनु भ्रमणको उदेश्य रहेको नेकपा नेताहरु बताउँछन् ।
नेपालमा दुईतिहाई बहुमतसहितको सरकारको नेतृत्व गरेको पार्टी नेकपामा अध्यक्ष प्रचण्डको एक हप्ताको फरकमा हुन लागेको भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
थप समाचार
- काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा
- पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीले मुख खोले- गरी खाएर काम लाग्दैन, लुटेर खा भाइ, लुट !
- आज प्रजातन्त्र दिवस : राष्ट्रपतिदेखि पूर्वराजासम्मको शुभकामना
- सुदूरपश्चिममा ओलीको सम्बोधन : जनताको खुट्टा छोएर जितेका जनप्रतिनिधि सभ्य हुनुपर्छ
- प्रजातन्त्र केही व्यक्तिको स्वार्थ पूरा गर्न आएको होइन : सभामुख शाही
- काँग्रेस नेता शेखर कोइरालामाथि कारबाही हुन्छः सभापति देउवा
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस