अब कसैलाई गाली गरेमा एक वर्ष कैद र १० हजार जरिवाना : जान्नुस्, के भनेमा गाली मानिन्छ ?

साउन २५, २०७५

काठमाडौं – अब कसैलाई अपमानजनक ढंगले गाली गरेमा एक वर्षसम्म कैद सजाय हुने भएको छ ।

आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको फौजदारी अपराध (संहिता) ऐन – २०७४ मा यससम्बन्धी व्यवस्था छ ।


ADVERTISEMENT

ऐनको दफा ३०५ को उपदफा (१) मा भनिएको छ– 

'कसैलाई गाली गर्न हुँदैन ।'

उपदफा (२) मा केलाई गाली मान्ने भन्ने विषयमा प्रस्ट पारिएको छ ।

सो उपदफामा भनिएको छ–

'उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिने छ ।'

उपदफा (३) मा सजाय उल्लेख छ ।

'उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।'

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस