मृत सन्तानलाई च्यापेर १७ दिनदेखि भौैंतारिइरहेछ एक ह्वेल

साउन २५, २०७५

काठमाडौं – अमेरिकाको समुद्रमा एक ह्वेल आफ्नो नवजात मृत सन्तानलाई लिएर १७ दिनदेखि भौंतारिइरहेको छ ।

ह्वेलको यो तस्वीर संसारभरि भाइरल भयो । 

समुद्री जीवहरूको अध्ययन गर्ने माइकल मिलस्टीनका अनुसार, अनुसन्धानकर्ताहरूले बुधवार २० वर्षको एक ह्वेललाई वाशिङटन ओलम्पिक प्रायद्वीपनजिक मृत सन्तानका साथ तैरिएको देखिएको बताए । 

ह्वेलको बच्चो साउन ८ गते मरेको थियो । 

विशेषज्ञहरूले अर्को एक ह्वेलको रोगी बच्चोलाई देखे । टोली उसको खोजीमा छ र औषधि दिन खोजिरहेको छ ।

एजेन्सी
 


ADVERTISEMENT

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार