×

NMB BANK
NIC ASIA

फरार राज्यमन्त्री शर्माका बारेमा छलफल, ‘आत्मसमर्पण’ गराउने पक्षमा राजपा

साउन २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विक हत्या घटनाका अभियुक्त तथा २ नम्बर प्रदेशका राज्यमन्त्री अभिराम शर्मालाई अदालतको सम्मान गर्दै आत्मसमर्पण गराउने मनस्थितिमा राष्ट्रिय जनता पार्टी (राजपा) पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लामो समयदेखि फरार अभियुक्त रहेका शर्मा प्रदेश सभामा निर्वाचित हुँदै राज्यमन्त्री हुँदासम्म फरार नै रहेका छन् । हत्या घटनाका अभियुक्त भएर पनि शर्मा सार्वजनिक स्थापना देखिने गरेका कारण उच्च अदालत जनकपुरले तत्काल पक्राउ गर्न प्रहरीका नाममा परमादेश दिएपछि घटना चर्चामा आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको आदेशपछि अभियुक्त शर्मा काठमाडौंमा लुकेर बसेको हुनसक्ने स्रोतले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

यसैबीच राजपाको अध्यक्ष मण्डलको बैठकले शर्मालाई कानूनी प्रक्रियामा जान सुझाव दिने तयारी गरेको छ । ‘राजपा अदालतको सम्मान गर्छ, कानूनी प्रक्रियालाई मान्दै अभियुक्त शर्माले आत्मसमर्पण गर्नु राम्रो हुनेमा अध्यक्षमण्डल एकमत छ,’ राजपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालले भने ।

Vianet communication
Laxmi Bank

शर्मालाई आत्मसमर्पण गर्न भनेर निर्णय भने नभएको उपाध्यक्ष लालले बताए । उनका अनुसार चर्चामा रहेको र टुंग्याउनुपर्ने विषय भएकाले अध्यक्षमण्डलमा अभिराम शर्माको बारेमा  छलफल चाहिँ भएको छ । ‘अध्यक्ष मण्डलको बैठकमा शर्मालाई अदालतमा उपस्थित गराउने विषयमा छलफल भएको हो,’ उनले भने ।

राज्यमन्त्री शर्मा असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । अर्का अभियुक्त रामशंकर मिश्र जलेश्वर नगरपालिकाका मेयर छन् । फरार सूचीमा रहेका राज्यमन्त्री शर्मा लगायत प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्या भएका असई विककी पत्नी शोभा विकले २०७२ चैत २८ गते उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विक जलेश्वरमा आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।

आन्दोलनका क्रममा सरकारी निर्देशन बमोजिम खटिएको सशस्त्र प्रहरी टोलीका असई विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर लाठी र भाँठाले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x