×

NMB BANK
NIC ASIA

सिक्टा सिंचाइको ‘अनियमितता’मा अख्तियारको नजर, छानबिन गर्न समिति गठन

साउन २५, २०७५

NTC
Sarbottam
२०७३ असारमा परीक्षणका क्रममा भत्किएको सिक्टा सिंचाइ आयोजनाको नहर । तस्विर सौजन्य : नेपालगन्ज न्यूज
Premier Steels
Marvel

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनाको गुणस्तर परीक्षण गर्ने भएको छ । 

Muktinath Bank

आयोजनाको परीक्षण गर्ने क्रममा पटक पटक नहर भत्किने समस्या देखिएपछि अख्तियारले नहरको गुणस्तर परीक्षण गर्न समिति गठन गरेको हो । आयोजनाको गुणस्तर परीक्षणका लागि अख्तियारले प्राविधिक सहसचिवको नृतत्वमा ५ सदस्यीय समिति गठन गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दंगालका अनुसार समितिले आयोजना स्थलगत अध्ययन गरी नहर तथा ड्याम निर्माणमा प्रयोग भएको प्रविधि, सामग्री र त्यसको गुणस्तरबारे छानबिन गर्ने छ । 


Advertisment
Nabil box
Kumari

बाँके जिल्लामा निर्माण भइरहेको सिक्टा सिंचाइ आयोजनाको ठेक्का कालिका कन्सट्रक्सनले पाएको थियो । कालिका कन्सट्रक्सन पूर्व वनमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका नेताको कम्पनी हो । 

Vianet communication
Laxmi Bank

तर आयोजनाका ९० प्रतिशत काम सकिएको भनेर नहर परीक्षण गर्दा पटक–पटक भत्किएपछि स्थानीयले छानबिनको माग गरेका थिए । 

२०७३ साल असारमा पहिलोपटक परीक्षण गर्दा नै नहर भत्किएको थियो । भत्किएको ठाउँमा पुनर्निर्माण गरी त्यसपछि पनि नहरको परीक्षण गरिएको थियो । 

परीक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजीकै नहर भत्किएपछि स्थानीय तहले गुणस्तर छानबिन गर्न माग गर्दै प्रदेश र केन्द्र सरकारलाई गुहारेको थियो । 

पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाइ आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानबिन गर्न माग गरेको थियो ।

परीक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । परीक्षणका क्रममा पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँ कार्यपालिकाको बैठकले गुणस्तर छानबिन गर्नुपर्ने निर्णय गरेको थियो । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिंचाइको निर्माण पछि बाँकेको कृषि क्षेत्रमा कायापलट हुने अपेक्षा राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x