मुटुरोगमाथिको अनुसन्धानबाट पत्ता लाग्यो : महिला रोगीलाई महिला चिकित्सक नै आवश्यक

साउन २५, २०७५

काठमाडौं – महिलाहरूलाई मुटुरोग लाग्दा महिला चिकित्सकबाट नै उपचार गराउनु ठीक हुन्छ । एक नयाँ अध्ययनले यही दाबी गरेको छ । 

अमेरिकाको मिनेसोटा विश्वविद्यालयमा अमेरिकाका लगभग ५.८२ लाख हृदयाघात रोगीमाथि गरिएको अध्ययनले यो देखाएको हो । महिला चिकित्सकले हेरिदिँदा महिला रोगीमा मृत्युको खतरा ५.४ प्रतिशतसम्म कम हुन्छ । 

अनुसन्धानकर्ताहरूका अनुसार, पुरुष चिकित्सक महिला रोगीका लक्षणलाई बुझ्न सक्दैनन् र सही उपचार गर्न असमर्थ हुन्छन् । 

पुरुष र महिलामा हृदयघातको भिन्न लक्षण देखिने भएकाले महिला चिकित्सक नै आवश्यक परेको हो । 

अध्ययनका सहलेखक वाशिङटन विश्वविद्यालयका सेथ कार्नाहानले बताए, ‘पुरुषलाई हृदयघात हुँदा छातीमा पीडा हुन्छ । महिलामा प्रायः दाह्रा र करङको हाडमा पीडा अनि फ्लु जस्ता लक्षण देखिन्छन् । 

एजेन्सी
 


ADVERTISEMENT

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस