नाइजेरियामा बोको हरामले मारे १५ सैनिक

साउन २५, २०७५

काठमाडौं – उत्तरपूर्वी नाइजेरियामा बोको हरामका आतंकवादीहरूले बुधवार ढुकेर आक्रमण गर्दा कम्तीमा १५ सैनिक तथा विपत व्यवस्थापन निकायका एक अधिकारीको हत्या गरेका छन् । 

सुरक्षा सूत्रहरूले बिहीवार यसको जानकारी दिएका हुन् । दुई सैनिक र राष्ट्रिय विपत व्यवस्थापन निकायका एक कर्मचारीले घटनाको पुष्टि गरेका हुन् । 

एक सैनिकले नाम नबताउने शर्तमा भने, ‘हामीले १५ सैनिक गुमायौं । बोको हरामका आतंकवादीहरूले बुधवार गोलीकाण्ड गर्दा हाम्रा सैनिकहरू खाल्डो खनिरहेका थिए ।’

एजेन्सी 
 


ADVERTISEMENT

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस