रणवीर र दीपिकाको सामाजिक सञ्जालमा चर्चा, दीपिका किन लजाइन् ?

साउन २५, २०७५

दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो प्रेमलाई खुलमखुल्ला व्यक्त गरेका छैनन् तर कुरा भने विवाहसम्म पुगेको छ । 

यो वर्षको नोभेम्बरमा यो जोडीले विवाह गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ ।


ADVERTISEMENT

केही दिन पहिला यो जोडि फ्लोरिडामा छुट्टि मनाउन गएको थियो र त्यहाँ  उनीहरुले रमाइलो क्षण विताएका थिए ।

दीपिका र रणवीरले आफूहरुबीचको प्यारलाई दुनियाँसँग लुकाएका छन् तर सामाजिक सञ्जालहरुमा उनीहरुको प्यार प्रमाणको रुपमा कयौं पटक फेला परिसकेको छ । 

यस पटक पनि यस्तै भएको छ । दीपिकाले रणवीरको तस्वीरमा  कमेन्ट गरेकी छन् जसको जवाफ पाएसँगै दीपिका लाजले भुतुक्क भएकी समाचारहरु भारतीय फिल्मी बजारमा चर्चामा रहेको छ ।


रणवीर सिंहले इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेका छन् । यो तस्वीरमा रणवीर हास्दै हिडिरहेका देखिएका छन् । रणवीरले जब यो तस्वीरलाई इन्टग्राममा राखे तब दीपिकाले स्वयंलाई रोक्न सकिनन् र कमेन्ट गरिनन् । दीपिकाले जब यो तस्वीरमा कमेन्ट गरिन तव निकै चर्चा भयो । उनले कमेन्टमा लेखिन्,‘यति धेरै हट कसरी भयौं’ यससँगै बलिउडका खिलजीले पनि तत्कालै कमेन्ट गरे ।

रणवीरले लेखे, ‘अब भएको छु ।’ यससँगै रणवीरले हास्नेवाला इमोज राखेका छन् । तर यस्तो पहिलो पटक भएको होइन । दीपिकाले रणवीरको फोटोमा बेलाबखतमा कमेन्ट गर्ने गरेकी छिन् ।
 

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस