×

NMB BANK
NIC ASIA

नाबालिका वलात्कारका विरुद्ध दिल्लीमा प्रदर्शन

साउन २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली- भारतको नयाँ दिल्लीमा रहेको एक सरकारी विद्यालयमा सात बर्षीया बालिकालाई बलात्कार भएको घटनाका विरुद्धमा शुक्रबार प्रदर्शन भएको छ । 
बालिकाका बाबुआमा सहित आफन्त र अधिकारकर्मीहरूले विद्यालय भवन अगाडी प्रदर्शन गरेको प्रहरीले जनाएको छ । 
विद्यालयमा विद्युतसम्वन्धी काम गर्ने प्राविधिकले ती बालिकालाई विद्यालय भवनमै बलात्कार गरेको प्रहरी अधिकारीहरूको भनाई छ । 
बालिकामा रक्तश्रावको समस्या देखिएपछि बलात्कार भएको आशङ्कामा उनका बाबुआमाले बिहीबार प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो । 
“पिडितको स्वास्थ्य परीक्षण गरिएको छ, परीक्षण रिपोर्टले बालिकामाथि बलात्कार भएको स्पष्ट सङ्केत देखाएको छ,” दिल्ली प्रहरीका प्रवक्ता माधुर वर्माले एएफपीसँग भन्नुभयो । 
पिडितले किटानीसाथ दोषी देखाएपछि ३७ बर्षिय प्राविधिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको उहाँले बताउनुभयो । 
स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार ती प्राविधिकलाई एक महिना अगाडी मात्रै विद्यालयले काममा लगाएको थियो । 
त्यो प्राविधिकले पानी तान्ने पम्प रहेको एकान्त कोठामा बालिकालाई तानेर लगी बलात्कार गरेको प्रारम्भिक विवरणबाट देखिएको प्रहरीको भनाई छ । बालिका विद्यालयबाट घर जान लागेका बेला ती व्यक्तिले तानेर लगेका थिए । 
भारतमा यौन हिंसा सम्वन्धी यस्ता घटनाका बारेमा धेरै नै कमजोर तथ्याङ्क छ । गत सन् २०१६ मा मात्रै झण्डै १९ हजार यौन हिंसासम्वन्धी घटना भएको विवरणहरू सार्वजनिक भएको छ । 
अधिकारकर्मीहरूले तथ्यांकमा १९ हजार देखिएपनि त्यो भन्दा धेरै यस्ता घटनाहरू भएको दावी गरेका छन् । उनीहरूले धेरै घटनाहरू प्रहरी सम्म पुग्न नसकेकोले तथ्याङ्कमा नसमेटिएको बताएका छन् । 
भारतमा १२ बर्ष भन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई मृत्यु दण्ड दिने कानूनी व्यवस्था रहेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x